बस्ती जलमग्न, घर हिलाम्मे

कैलालीको भजनीका ९ सयभन्दा बढी बाढीपीडित बिहीबार दोस्रो दिन पनि हुलाकी सडक छेउछाउ त्रिपालमै बसिरहेका छन् । भजनीका बस्ती जलमग्न बनेका छन् भने उनीहरूका घरहरू हिलाम्मे बनेका छन् ।

सम्बन्धित सामग्री

बर्दियामा दुई सय घर डुबानमा

काठमाडौं । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण बर्दियामा २ सय बढी घरहरु डुबानमा परेका छन् । पश्चिम तराईका बर्दिया, बाँके, कैलाली र कञ्चनपुर, महेन्द्रनगर बजार तथा त्यस आसपासका बस्ती जलमग्न बनेका हुन् । अविरल बर्षाका कारण नदी र खहरे खोलामा बाढी आएकाले होचो भूभाग डुबानमा पर्ने जोखिम देखिएको हो । मंगलबार साँझदेखि परेको अविरल […]

दाङका बस्ती जलमग्न : प्रहरी चौकी पनि डुबानमा, सडक अवरुद्ध

२१ असोज, दाङ । अविरल वर्षाका कारण दाङको जनजीवन प्रभावित भएको छ । देउखुरी क्षेत्रमा वस्ती जलमग्न भएका छन् भने ठाउँ-ठाउँमा सडक अवरुद्ध भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डिएसपी राजन गौतमका अनुसार देउखुरी क्षेत्रमा पर्ने राप्ती गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ नम्बर वडाका वस्तीमा जलमग्न भएका छन् […]

ढाकामा भारी वर्षा

बंगलादेशको राजधानी ढाकाका भारी वर्षा भएको छ । बुधबार भएको भारी वर्षाका कारण होचो क्षेत्रका रहेका बस्ती जलमग्न बनेका छन् । वर्षाका कारण सडक यातायात अवरुद्ध भएको त्यहाँका संचार माध्यमहरूले जनाएका...

मध्यरातमा बग्यो सुकुमबासी बस्तीको घरटहरा, दृश्यमा बाढीपछिको मनोहरा क्षेत्र

काठमाडौं : मंगलवार रातिदेखि बुधवार बिहानसम्म काठमाडौं उपत्यकामा भारी वर्षा भयो। बाढी पूर्वानुमान महाशाखाले काठमाडौं र भक्तपुरका केही क्षेत्रमा भारी वर्षा भइरहेको भन्दै तटीय क्षेत्रमा सतर्कता अपनाउन राति अपिल पनि जारी गरेको थियो। मंगलवार मध्यरातमा भक्तपुरको मनोहरा खोलामा एक्कासी पानीको बहाब बढेपछि बस्ती जलमग्न बन्न पुगे। मध्यरातमा बाढी बस्ती पसेपछि…

गोबरगाढाका ३५ घर डुबानमा

लगातारको वर्षाले सप्तकोशी नदीमा आएको बाढीले सप्तरीको पूर्वी भेग हनुमाननगर कङ्कालिनी नगरपालिका–१३ स्थित गोबरगाढा बस्ती जलमग्न भएका छन् ।

पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, ...

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा बस्ती जलमग्न

जीता नदीको पश्चिम तटबन्ध भत्किँदा सप्तरीको तीलाठी कोइलाडी गाउँपालिकाका आधा दर्जन बस्ती जलमग्न भएका छन् । दुई/तीन दिनदेखि लगातार पानी परेपछि आएको बाढीले वडा नं ५ का खङग टोल, सरदार टोल, राम टोलासहित करिब १५० भन्दा बढी घर डुबानमा परेको जनाइएको छ ।तटबन्ध भत्किँदा जीता खोलाको पानी बस्तीतर्फ सोझिएपछि बस्तीको बीच भागबाट पानीको बहाव बग्न थालेको छ । बाढीपीडित परमेश्‍वर सरदारले चारैतर्फ घरलाई बाढीले छेकेका कारण घर बाहिर कतै जान पनि समस्या भइरहेको बताए ।एक्कासि पानीको भेल उर्लेर गाउँतर्फ आएपछि घर छाडेर

धनगढीसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न

सुदूरपश्चिम – दुई दिनदेखि भइरहेको अविरल वर्षासँगै प्रदेशको अस्थायी राजधानी धनगढीसहित कैलाली जिल्लाको होचो भागका धेरै बस्ती जलमग्न भएका छन्। वर्षासँगै धनगढी उमहानगरपालिकाको बजार क्षेत्रका मुख्य र सहायक सडकमा पानी जमेपछि आवागमन असहज बनेको छ। नेपाल विद्युत् प्राधिकरण धनगढी शाखा कार्यालयसहित अधिकांश कार्यालय परिसरमा दुई–तीन फिटसम्म पानी जमेको छ। बजार क्षेत्रको बीच भाग हुँदै उत्तरबाट […]

लगातारको वर्षाले धनगढी जलमग्न

गए रातिदेखि परेको लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका आसपासका विभिन्न क्षेत्र जलमग्न भएको छ । मुख्यगरी धनगढी –३ को विशालनगर, मिलनचोक, शिवनगर,  वडा नं. २ को शिखर टोल, पुरानो भन्सार कटान गाउँको दक्षिण पट्टीको बस्ती, वडा नं. ४ को उत्तरबेहडीलगायत बस्ती जलमग्न भइ स्थानीयको जनजीवन प्रभावित बनेको हो ।     जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले वर्षाले धनगढी आसपासका विभिन्न क्षेत्र जलमग्न हुनुका साथै वडा नं. १४ र १९ का १० घरपरिवार डुबानमा परी प्रभावित भएपछि सशस्त्र प्रह...