पालमुनिको बास, रातदिन त्रासैत्रास (फोटो फिचर)

धनगढी : दार्चुलाका दुहुँ र व्‍यासका बाढीपीडित त्रसित बनेका छन्। उनीहरुमा यस्तो त्रास छ कि आनन्दले आफ्नो घरमा समेत बस्न मुस्किल उनीहरूलाई छ।त्रासका कारण उनीहरु घरमा जान नसकेपछि पालमुनि बस्न बाध्य भएका छन्। दिन रात त्रासमै बितिरहेका छन् उनीहरुका। दिनभर पालमुनि कहिलेकसो डराई डराई उनीहरु राति सुत्न मात्र घर पुग्छन्।यसरी त्रासमय दैनिकी चलिरशेको बताउँछन् शेरबहादुर बम। महाकाली नगरपालिका १ का ८३ वर्षका शेरबहादुरलाई १३ भदौमा निजाङखोलामा आएको बाढीले बगाएको थियो।ब्लड प्रेसरका बिरामी शेरबहादुर बाढीले बग