काठमाडौं। पछिल्लो चौबिस घण्टामा कोरोनाको सबैभन्दा उच्च संक्रमण नेपालका सात प्रदेशमध्ये कर्णाली प्रदेशमा पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो चौबिस घण्टामा कर्णाली प्रदेशमा ३५३ नमुना परीक्षण गरिएको थियो, जसमा १९७ मा संक्रमण पुष्टि भएको थियो। अर्थात् परीक्षण गरिएकामध्ये ४४.५ प्रतिशतमा कोरोना देखिएको छ। कर्णालीपछि उच्च संक्रमण सुदूरपश्चिम प्रदेशमा देखिएको छ। सुदूरपश्चिममा परीक्षण गरिएकामध्ये ३७.५ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।