स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ का संक्रमित शहरी क्षेत्रमा घटे पनि गाउँ गाउँमा फैलिइरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्णप्रसाद पौडेलले बुधबार पत्रकार सम्मेलनमार्फत गाउँगाउँमा कोरोना संक्रमण फैलिन सुरु गरेको बताए । पछिल्लो समय कर्णाली प्रदेशको संक्रमण दर उच्च रहेको समेत पौडेलले जानकारी दिए ।उनका अनुसार कर्णाली प्रदेशमा ३५३ जनामा कोरोना परीक्षण गर्दा १५७ जनामा पोजेटिभ देखिएको छ । कर्णाली प्रदेशका गाउँ गाउँमा कोरोनाका लक्षण भएका बिरामी रहेको सूचना प्राप्त