सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर कोरोना संक्रमणको उच्च जोखिममा छ । यसअघि पहिलो र दोस्रो चरणको लहरमा संक्रमणको केन्द्रविन्दु बनेको वीरेन्द्रनगर उपत्यका पुनः कर्णाली प्रदेशमा कोरोनाको ‘हटस्पट’ बन्ने खतरा बढेको हो ।पछिल्ला दुई दिनको तथ्याङ्क हेर्दा परीक्षण गरिएकामध्ये झण्डै ६२ प्रतिशतमा कोरोना पुष्टि भएको छ । वीरेन्द्रनगर नगरपालिकाका जनस्वास्थ्य अधिकृत भूपेन्द्र गिरीका अनुसार बुधबार १३७ जनामा गरिएको परीक्षणका क्रममा १०५ जनामा कोरोना संक्रमण देखियो ।यस्तै बिहीबार ८३ जनाको