राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री कार्यालय, सिंहदरबारलाई पत्र लेखेको छ । मञ्चले दशैं/तिहार तथा छुटजस्ता चाडपर्वमा चिनीको अभाव हुन नदिने दबाब दिँदै अर्थ मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई बोधार्थ गर्दै प्रधानमन्त्री कार्यालयलाई पत्र लेखेको हो ।पत्रमा भनिएको छ, ‘नेपालीहरुको चाडपर्व आउँदै गर्दा देशमा चिनी अभाव हुन थालेको छ । नेपालमा उत्पादन हुने चिनीले यहाँको माग धान्दैन ।’ नेपालमा वार्षिक २ लाख ८० हजार मेट्रिक टन चिनी खपत हुनेमा १ लाख ८० हजार मेट्रिक टनमात्रै चि