अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

काठमाडौं, असोज ६ । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिन सरकारले सुपथ मूल्य पसल सञ्चालन गरेको भए पनि यो वर्षको दसैंमा उपभोक्ताले चिनी महंगोमा किन्नुपर्ने भएको छ। सरकारले हरेक वर्ष चाडपर्वमा सहुलियत दरमा चिनी बिक्री गर्दै आएको भए पनि यो वर्षको चाडमा भने चिनी अझै महँगिने संकेत देखिएको छ। अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा […]

सम्बन्धित सामग्री

झन्डै दुई लाख क्विन्टल चिनी मौज्दात, चाडपर्वमा अभाव नहुने विभागको दाबी

काठमाण्डाै - दशैँ, तिहार तथा छठलगायत चाडपर्वमा चिनीको अभाव नहुने सरकारले जनाएको छ । अहिले बजारमा चिनीको अस्वाभाविक रुपमा मूल्य बढेको छ । कृत्रिम अभाव गरेर चिनीको मूल्य बढाइएको पाइएकाले त्यसको अनुगमन भइरहेको र चाडपर्वमा चिनीको अभाव नहुने वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । विभागका महानिर्देशक तीर्थराज चिलुवालका अनुसार अहिले सरकारसँग १ लाख ८८ हजार ५ सय १३ क्विन्टल  चिनी मौज्दात छ । २० हजार टन आयातका लागि प्रक्रिया अगाडि बढिसकेको छ । केही दिनमै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमि...

चिनी आयातमा भन्सार छुट देऊ

काठमाडौं– संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले चिनी आयातमा कर तथा भन्सार छुटको सहमति प्रदान गरिदिन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आइतबारको बैठकले चाडपर्वमा चिनीको अभाव हुन नदिन वाणिज्य मन्त्रालयबाट माग भएको ५० हजार टन चिनी मूल्य अभिवृद्धि कर छुट तथा एक प्रतिशत भन्सार महसुल लिने गरी आयातको सहमति […]

सरकारी चिनी भण्डार १ वर्षदेखि रित्तै  : चाडपर्वमा कालोबजारी र महँगीको चिन्ता

काठमाडौं  । सरकारको चिनी भण्डार १ वर्षदेखि रित्तै छ । भन्सार छूटको चिनी आयात र विक्रीवितरणको जिम्मा पाएका साल्ट ट्रेडिङ कर्पोरेशन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनी आयातका लागि पटकपटक अनुमति मागे पनि अर्थ मन्त्रालयले नदिँदा १ वर्षदेखि सरकारको चिनी भण्डार रित्तै बसेको हो । तीन वर्षदेखि भन्सार छूटको चिनी आयात गर्न नपाएको यी निकायका अधिकारी बताउँछन् । साल्ट ट्रेडिङका सहायक महाप्रबन्धक कुमार राजभण्डारीले पटकपटक आफूहरूले भन्सार छूटको चिनी आयात गर्न गरेको प्रयास अर्थ मन्त्रालयको असहयोगको कारण सफल हुन नसकेको बताए । ‘चाडपर्व नजिकिँदै छ । त्यसैले दशैं र तिहारलाई दृष्टिगत गर्दै हामीले ५० हजार मेट्रिक टन चिनी आयातको स्वीकृति माग्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पत्र पठाएका थियौं । मन्त्रालयले पनि अर्थसँग स्वीकृति लिनुपर्ने हुन्छ । उक्त पत्र अर्थ मन्त्रालयमा पठाएको पनि महीना दिन नाघिसक्यो, अझैसम्म प्रतिक्रिया आएको छैन,’ उनले आर्थिक अभियानसँग भने ।  गतवर्ष दशैंअघि पनि साल्ट ट्रेडिङले भन्सार छूटको चिनी आयात गर्ने अनुमति माग्दा अर्थले बेवास्ता गरेपछि आयात प्रक्रिया नै रद्द भएको थियो । यसअघि साल्ट ट्रेडिङले २०७७ मा ल्याएको २० हजार मेट्रिक टन चिनी सकिन थालेपछि थोकमा विक्री गर्न छाडेर खुद्रा मात्रै २ वर्षजति विक्री गरेको राजभण्डारी बताउँछन् । पोहोर दशैंदेखि साल्ट ट्रेडिङको चिनी भण्डार रित्तै छ । खाद्य कम्पनीले पनि चाडपर्वलाई लक्ष्य गर्दै यस वर्ष १० हजार मेट्रिक टन चिनी ल्याउन अर्थ मन्त्रालयसँग सहमति मागेको महीना दिन पुग्यो । अर्थबाट कुनै प्रतिक्रिया नआएको खाद्यका अधिकारी बताउँछन् । अर्थले अब स्वीकृति दिइहाल्यो भने पनि दशैंअघि चिनी ल्याउन सम्भव नभएको कम्पनीको भनाइ छ । अनुदानको चिनी आउने, नआउने अन्योलले दशैंतिहारमा बजारमा चिनी अभाव हुनुका साथै व्यापारीले कालोबजारी गर्न सक्ने आशंका गरिएको छ ।  सामान्य अवस्थामा नेपालमा मासिक २० हजार मेट्रिक टन चिनी खपत हुन्छ । दशैंतिहारको समयमा थप ३० हजार मेट्रिक टन माग हुने गरेको छ । यस वर्ष नेपालमा चिनी उत्पादन घटेको चिनी उत्पादक संघको भनाइ छ । यस वर्ष १ लाख मेट्रिक टन मात्रै चिनी उत्पादन भएको छ । नेपालमा यसको माग वार्षिक २ लाख ८० हजार मेट्रिक टन छ । अर्थ मन्त्रालयका प्रवक्ता धनीराम शर्माले चिनी आयातको स्वीकृतिसम्बन्धी फाइल मन्त्रालयमा आए पनि त्यस विषयमा अहिलेसम्म कुनै निर्णय नभएको जानकारी दिए । उनका अनुसार अहिलेको बजार मूल्य, हाम्रो बजारको माग र यस वर्ष नेपालमा भएको चिनी उत्पादनलगायत विषयको अध्ययन भइरहेकाले अनुमतिमा ढिलाइ भएको हो । अनुदानको चिनी आउने, नआउने अन्योलले दशैंतिहारमा बजारमा चिनी अभाव हुनुका साथै व्यापारीले कालोबजारी गर्न सक्ने आशंका गरिएको छ ।  चिनी आयातका लागि स्वीकृति माग गर्दै सरकारी कम्पनीहरूले अर्थमा पठाएको फाइल अर्थले फिर्ता गरिदिएकाले यस वर्ष पनि भन्सार छूटको चिनी आयात हुन नसक्ने र उपभोक्ताले कालोबजारीको सामना गर्नुपर्ने अवस्था सृजना भइसकेको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् ।  उनले भने जस्तै महीना दिनअघिसम्म किलोको ८८ रुपैयाँ पर्ने चिनीको भाउ बढेर अहिले बजारमा १ सय १४ रुपैयाँसम्म पुगेको छ । कालोबजारी नियन्त्रण गर्न खडा गरिएका सरकारी निकायले व्यापारीको प्रलोभनमा परेर काम गर्न नसक्दा उपभोक्ताले दु:ख पाएको उनले आरोप लगाए । यसमा सबैभन्दा बढी दोषी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भएको उनको भनाइ छ ।

अर्थको बेवास्ताले चाडपर्वमा चिनी महँगो

अहिले बजारमा चिनी किलोको १ सय १० रूपैयाँमा बिक्री भैरहेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले कर छुटमा ५० हजार मेट्रिक टन चिनी खरिदको लागि अनुमति मागेको भए पनि अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि बजारमा चिनी महँगिने भएको हो।...

चाडपर्वमा बजार चलायमान हुँदै

चाडपर्व नजिकिँदै गर्दा बजारमा किनमेल गर्नेको भीडभाड लाग्ने गरेको छ । अन्य समयको तुलनामा चाडपर्वका बेला सबैले लत्ताकपडा, जुत्ताचप्पल, खाद्यान्नलगायतका दैनिक उपभोग्य सामानदेखि अन्य सामानहरू खरिद गर्ने भएकाले पनि ग्राहकको बढी भीडभाड लाग्ने गर्छ । चाडपर्वमा उपभोक्तालाई सहुलियत दिनका लागि सरकारी संस्थानमार्फत सुपथ पसल सञ्चालन भइरहेका छन् । सुपथ पसलमार्फत चिनी प्रतिकेजीमा ५ रुपैयाँ, नुन […]

चाडपर्वमा अस्वाभाविक मूल्यवृद्धि

चाडपर्व नजिकिँदै गर्दा बजारमा दैनिक उपभोग्य वस्तुमा अस्वाभाविक मूल्यवृद्धि भएको छ ।बाढीपहिरोले उत्पादन कम भएको र लागत मूल्य बढेको भन्दै व्यवसायीले दैनिक उपभोग्य वस्तुको मूल्य बढाएका हुन् । पछिल्लो दुई सातामा बजारमा दाल, चामल, चिनी, खाने तेल, पिठोसँगै हरियो तरकारीको मूल्य बढेको छ ।चामल, तेल, मुसुरोको दाल, चिनी, मैदा, सोयाबिनलगायत वस्तुमा दुई सातादेखि मूल्यवृद्धि भएको […]

अर्थको ढिलासुस्तीले चिनी अझै महँगिने

काठमाडौं, भदौ १६ । हरेक वर्ष भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको सरकारले यो वर्ष ढिलासुस्ती गर्दा चाडपर्वमा चिनीको अभाव हुने र मूल्य वृद्धि हुने देखिएको छ। चिनीको अभाव हुन नदिन र बजारमा मूल्य नियन्त्रण गर्न अर्थ मन्त्रालयले सरकारी स्वामित्वका कम्पनीलाई भन्सार छुटमा चिनी आयात गर्न अनुमति दिँदै आएको थियो। खाद्य व्यवस्था तथा […]

आयातको अनुमति नदिँदा चाडपर्वमा चिनी अभाव हुने

अर्थमन्त्रालयले भन्सार छुटमा चिनी आयातको अनुमति नदिँदा चाडपर्वमा बजारमा चिनीको अभाव हुने देखिएको छ ।भन्सार छुटमा ३० हजार मेट्रिक टन चिनी आयात गर्नका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयलाई गत वैशाखमा प्रस्ताव पेश गरेको थियो । हालसम्म स्वीकृत नदिँदा अब चिनी आयात गर्न ढिला भएर अभाव हुने देखिएको हो ।वर्षेनी आयात इजाजतका प्रक्रियामा […]

चाडपर्वमा खाद्यवस्तुमा छुट दिन ३ करोड विनियोजन

याँ खाद्य र कर्पोरेशनलाई वितरण गरेको थियो । यो वर्ष पनि गत वर्षको जति नै रकम छुट्टाइएको मन्त्रालयले जनाएको छ । सरकारले चाडपर्वमा देशका विभिन्न बिक्री कक्षबाट उपभोक्तालाई बजार मूल्यभन्दा कम मूल्यमा बिक्री गर्ने गर्दछ । त्यसमा अत्यावश्यक चिनी, नुन, घिउ, चामल, दाल, तेल, खसीबोका, च्याङ्ग्रामा विशेष छुट दिने गर्दछ ।