प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सामुहिक स्पष्टीकरण सोधेपछि माधव नेपाल पक्षले मंगलबार नयाँ बानेश्वरको अर्याल होटलमा आयोजना गरेको आकस्मिक बैठकमा सांसद रामकुमारी झाँक्री पनि उपस्थित थिइन् ।पछिल्लो समयमा प्रधानमन्त्री केपी शर्मा ओली रामकुमारी झाँक्रीको नामै सुन्न चाहँदैनन् । बालुवाटारमा भेट हुने निकटस्थहरुसँग प्रधानमन्त्री ओली रामकुमारी झाँक्रीको नाम लिएर कठोर आलोचना गर्ने गर्छन् ।यसरी प्रधानमन्त्री ओलीको तारो बनेकी एमाले युवा नेतृ झाँक्रीसँग सोमबार अर्याल होटल अगाडि पत्रकार