अष्टलक्ष्मी 'भित्ते मुख्यमन्त्री' बन्ने प्रदेशमन्त्री फुँयालको दाबी, 'प्रदेश सरकार पाँचै वर्ष डोरमणि पौडेलले चलाउनुहुन्छ'

वाग्मती :  वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयालले मुख्यमन्त्री डोरमणि पौडेल विश्वासको मत प्राप्त गर्न सक्षम रहेको बताएका छन्। आइतवार मन्त्री फुँयालले मुख्यमन्त्री पौडेलले प्रदेशसभामार्फत विश्वासको मत लिएर पाँचै वर्षको कार्यकाल पूरा गर्ने दाबी गरे।          मन्त्री फुँयालले प्रदेशसभामा दर्ता गरिएको भनिएको अविश्वासको प्रस्तावमा अन्य प्रयोजनका लागि प्रदेशसभा

सम्बन्धित सामग्री

बालविवाहमुक्त योजना, अभियानमा सीमित

चुरेमकवानपुर । बागमती प्रदेशलाई विसं २०७८ भित्र बालविवाहमुक्त प्रदेश बनाउने योजना यतिबेला गुमनाम छ । ०७६ सालमा तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको प्रदेश सरकारले बागमती प्रदेशलाई ०७८ सालभित्र बाल विवाहमुक्त प्रदेश बनाउने योजना अघि सारेको थियो । यस अनुरुप प्रदेशको सबै जिल्लामा बालविवाहमुक्त प्रदेश स्वयमसेवक सहजकर्ता नियुक्ति समेत गरेको थियो । तर प्रदेश सरकार परिवर्तन […] The post बालविवाहमुक्त योजना, अभियानमा सीमित appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार, एकीकृत समाजवादी सत्तामा

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी

बागमती प्रदेशमा मापदण्ड विपरीत ३३ करोडको गाडी खरिद

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको छ । प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार  महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था भएपनि बागमती प्रदेश सरकारले उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको महालेखा

बागमती प्रदेशमा सरकार पुनर्गठनका लागि माधव नेपाल समूहको दबाब

बागमती प्रदेश सरकार पुनर्गठनका लागि सत्तारुढ दल नेकपा एमालेभित्र रस्साकस्सी सुरु भएको छ । दुई खेमामा विभाजित एमालेभित्र केपी शर्मा ओली पक्ष यथास्थितिमै अघि बढ्ने जमर्को गर्दैछ भने माधव नेपाल पक्षले सरकार पुनर्गठनका लागि दबाब दिन थालेको हो ।केन्द्रमा पार्टी एकताले गति लिन नसकेको अवस्थामा बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनका लागि एमालेको माधव नेपाल पक्षले दबाब बढाएको हो । प्रदेश सरकारको नेतृत्व गर्दै आएका मुख्यमन्त्री डोरमणि पौडेल एमालेमा ओली पक्षका नेता हुन् । प्रदेशसभामा एमालेको प्रस्ट बहुमत

पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोप लगाउन शुरू

चितवन (अस) । चितवनका पर्यटन व्यवसायीसहित रत्ननगरका अन्य व्यवसायीलाई आइतवारदेखि कोरोनाविरुद्धको खोप लगाउन थालिएको छ । रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनको सक्रियतामा खोप ल्याएर पर्यटन व्यवसायी, होटलका कर्मचारी, नेचर गाइडका साथै नगरका अन्य व्यवसायीलाई पनि खोप लगाउन थालिएको हो । खोप अभाव भएपछि नगर प्रमुख वनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर खोप माग गरेका थिए । प्रदेश सरकारले रत्ननगरका पर्यटन व्यवसायी, कर्मचारी, नेचर गाइडसहित उद्योग वाणिज्य संघ र उद्योग संघमा आबद्ध व्यवसायी, सहकारीकर्मी, खानेपानी संस्थाका कर्मचारीका लागि खोप पठाइदिएको थियो । ‘हामीले जिल्लाभरका पर्यटन व्यवसायी, सम्बद्ध कर्मचारी, नेचर गाइड, सहकारीकर्मीका लागि प्रदेश सरकारसँग २ हजार ५०० खोप माग गरेका थियौं,’ नगर प्रमुख वनले भने, ‘हाम्रो आग्रह र पहलपछि खोप लगाउन शुरू गरिएको छ ।’ सौराहासहित पश्चिम चितवनका पर्यटन व्यवसायी तथा कर्मचारीलाई पनि रत्ननगरले कोरोना विरुद्धको खोप लगाउने उनले बताए । ‘पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिलाउन चाहन्छौं,’ उनले भने, ‘पर्यटन व्यवसायी र कर्मचारीलाई खोप लगाएपछि पर्यटक आगमन पनि बढ्नेछ ।’

चितवनका पर्यटन व्यवसायीलाई खोप लगाउन शुरु

साउन १८, चितवन । चितवनमा पर्यटन व्यवसायीसहित अन्य व्यवसायीहरुलाई आइतवारदेखि खोप लगाउन शुरु गरिएको छ ।  रत्ननगर नगरपालिकाका मेयर नारायण वनको सक्रियतामा  खोप ल्याएर यसक्षेत्रका पर्यटन व्यवसायी,होटलका कर्मचारी,नेचरगाईड तथा नगर भित्रका अन्य व्यवसायीहरुलाई पनि खोप लगाउन थालिएको हो ।  खोप अभाव भएपछि रत्ननगरका मेयर वनले वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल तथा प्रदेश सरकार सामाजिक विकास मन्त्रालयसँग समन्वय गरेर खोप माग गरेका थिए ।  त्यसपछि प्रदेश सरकारले रत्ननगरका पर्यटन व्यवसायी, कर्मचारी,नेचरगाइडहरु तथा उद्योग वाणिज्य संघ र उद्योग संघमा आबद्ध व्यवसायी,सहकारीकर्मी,खानेपानी संस्थाका कर्मचारीहरुका लागि खोप पठाएको थियो । ‘हामीले जिल्लाभरीका पर्यटन व्यवसायी,यससँग सम्बद्ध कर्मचारी,नेचरगाइड,सहकारीकर्मीहरुका लागि प्रदेश सरकारसँग २ हजार ५०० मात्रा माग गरेका थियौं’, मेयर वनले भने,  ‘हाम्रो आग्रह र पहलका आधारमा लगाउन शुरु गरिएको छ ।’ उनले सौराहासहित पश्चिम चितवनका पर्यटन व्यवसायी तथा कर्मचारीहरुलाई पनि खोप लगाइने बताए । ‘चितवनको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने आभाष दिलाउन चाहन्छौं’, उनले भने, ‘पर्यटन व्यवसायी र कर्मचारीलाई खोप लगाएपछि पर्यटक आउने क्रम पनि बढ्ने छ ।’  व्यवसायी,सहकारीका कर्मचारी,खानेपानी वितरण कर्मचारी ,बीमा, वित्तीय संस्था, इन्स्योरेन्स, नेट तथा केबुलमा काम गर्ने कर्मचारी,भिषा लागेका विदेश जाने,पशु स्वास्थ्यकर्मीलाई खोप लगाउन शुरु गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।

बागमती सरकार टिकाउन मन्त्रालय थप्ने तयारी

मकवानपुर । केन्द्रमा नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै बागमती प्रदेश पनि सरकार परिवर्तनको कसरत सुरु भएको छ । केन्द्रमा जस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेकै खनाल–नेपाल पक्षसहितको गठबन्धनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारलाई विस्थापित गर्ने पहल हुन थालेको छ ।बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार छ । तर एमालेभित्रकै खनाल–नेपाल पक्षले साथ नदिएको अवस्थामा प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । एमालेभित्रको विवाद बढ्दै गएको अवस्थामा

बागमती प्रदेश सरकारको तीन वर्ष : जनअपेक्षा एकातिर, मुख्यमन्त्रीको आफ्नै दाबी

बागमती प्रदेश सरकार गठन भएको तीन  वर्ष पुरा भएको छ । २९ माघ, २०७४ मा डोरमणि पौडेल मुख्यमन्त्रीमा नियुक्त भएसँगै सुरु भएको बागमती प्रदेश सरकारको यात्रा चार वर्षमा हिड्न सुरु...

प्रदेशसभा बैठक नेताहरुको शुभकामनापछि स्थगित

बागमती प्रदेशको प्रदेश सभाका सातौँ आधिवशेन सुरु भएको छ । बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाको अधिवेशन बुधबारबाट सुरु भएको हो । अविश्वास प्रस्ताव छिटो टुङ्गो लाग्ने विश्वाससहित प्रदेश सभाका सदस्यहरुले अधिवेशनको शुभकामनाको साथै अन्यौलता नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्न माग गरेका थिए । तर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसममका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिनुभयो । प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधि सभा विघटनले अस्थिरता सिर्जना गरेको भन्दै सच्चिनुपर्ने बताउनुभयो । प्रदेश सभाको बैठकमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सभामा देखिएको फरक मत र असन्तुष्टिहरुलाई सम्मान गरिने बताउनुभयो । पाँच वर्षका लागि जनताबाट अख्तियारी पाएको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि फरक अवस्था सिर्जना भएको बताउँदै उहाँले केन्द्रमा विवादले केही अन्यौल र तीब्र धु्रबिकरणको प्रतिबम्ब प्रदेश सरकारमा परेको छ भन्नुभयो । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउँदै जनताले दिएको स्थिर सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसको नेतृत्वको सरकारले अस्थिरता सिर्जना गरेको बताउनुभयो । नेकपा फुटोस् भन्ने पक्षमा काँग्रेस छैन, तपाईहरु मिल्नुहोस्, भन्दै नेता बानियाँले भन्नुभयो, संविधान बनाउने समयको मनसाय र परिकल्पना विपरीत प्रतिनिधि सभ विघटन गरेर नेकपा र प्रधानमन्त्री ओलीले जनताको अपहेलना र लोकतन्त्रप्रति वितृष्णा फैलाउने काम गरेको छ । नेकपाका नेता अष्टलक्ष्मी शाक्यलेले प्रधान