बागमतीमा ७१ दिनमा ढल्यो एमाले सरकार, एकीकृत समाजवादी सत्तामा

एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती प्रदेश सरकार गठन भएको ७१ दिनमा ढल्न पुगेको छ । प्रदेशसभामा अल्पमतमा रहेकी मुख्यमन्त्री शाक्यले विश्वासको मत लिनुअघि नै पदबाट राजीनामा दिएकी हुन् । नेकपा एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) पार्टी गठन भएसँगै पार्टी विभाजनको क्षति कम गर्ने रणनीति अनुसार एमालेले डोरमणि पौडेललाई राजीनामा गराएर शाक्यको नेतृत्वमा गठन गरेको थियो । तर एमालेको यो ‘फर्मुला’ले शाक्य नेतृत्वको सरकार जोगिन भने सकेन ।तत्कालीन समयमा माधव नेपाल निकट मानिने उनी

सम्बन्धित सामग्री

भवनलाई लिएर एमाले र एकीकृत समाजवादी निकट पेशागत महासंघबीच विवाद

२६ वैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट पेशागत महासंघबीच काठमाडौंको लैनचौरस्थित भवनलाई लिएर विवाद भएको छ । मंगलबार एमाले निकट महासंघले उक्त भवन खाली गर्न माग गर्दै प्रदर्शन गरेपछि दुई पक्षबीच विवाद भएको हो । दुई पक्षबीच विवाद बढ्दै गएपछि सम्भावित झडप रोक्न सुरक्षाकर्मी परिचालन गरिएको थियो । एमाले विभाजनदेखि नै […]

पोखरामा एमाले कि एकीकृत समाजवादी ? यस्तो छ हिसाबकिताब

८ वैशाख, पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीको जन्मै यस्तो बेलामा भयो, जतिबेला राष्ट्रिय राजनीतिमा नेकपा एमाले एकातिर र अरु दल अर्कातिर थिए । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले २ पटकसम्म संसद विघटन गरेपछि उत्पन्न राजनीतिक विवादले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले २ भदौ २०७८ मा एकीकृत समाजवादी बनाएका थिए । मूलधारको पार्टी फुटेर […]

एमाले नवदुर्गा गाउँ कमिटी नेकपा (एकीकृत समाजवादी)मा समाहित

डडेल्धुरा : तत्कालीन नेकपा (एमाले) नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा (एकीकृत समाजवादी) डडेल्धुरामा समाहित भएको छ।बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी  नेकपा (एकीकृत समाजवादी)मा समाहित हुने निर्णयलाई अनुमोदनसहित स्वागत गर्ने  निर्णय गरेको छ।बैठकले २७ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरेको छ। जिल्ला सचिवालयमा तुलाराम बोहरा, प्रेम साउँद, सुरेन्द्र बिष्ट, कमला साउद, जय बहादुर एर, टेक भण्डारी, डम्बर साउँद, सुरेन्द्

एमाले कार्यकर्ता तान्ने रणनीतिमा एकीकृत समाजवादी

काठमाडौं, पुस ६ । नेकपा (एकीकृत समाजवादी) ले देशव्यापी संगठन विस्तारका क्रममा एमालेकै नेताकार्यकर्ता संंगठित गर्ने पहिलो योजना बनाएको छ। एमालेबाटै विभाजित भएको र एमालेसँगै मिल्दोजुल्दो सांगठनिक संरचना र नीति भएका कारण सोही पार्टीका नेताकार्यकर्तालाई संगठित गर्ने योजना बनाएको हो। भदौ ९ गते पार्टी विभाजन भएपछि गठित एकीकृत समाजवादी देशव्यापी संगठन विस्तारमा लागेको हो। कतिपय […]

एमाले सांसदद्वय पाण्डे र भट्टले एकीकृत समाजवादी रोज्न पाउने

सर्वोच्च अदालतले एमाले सांसदद्वय सोमप्रसाद पाण्डे र शारदादेवी भट्टलाई नेकपा (एकीकृत समाजवादी)को सदस्य बन्न कुनै रोक नलगाउन अन्तरिम आदेश गरेको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र नहकुल सुवेदीको मंगलबारको इजलासले दुवैको...

गण्डकी प्रदेशमा एमाले छाडेर ४२ जना जनप्रतिनिधिले रोजे एकीकृत समाजवादी

पोखरा : गण्डकी प्रदेशमा ४२ जना जनप्रतिनिधिले नेकपा (एमाले) छाडेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका छन्। एमाले विभाजन भई एकीकृत समाजवादी बनेपछि निर्वाचन आयोगले दल रोज्‍नका लागि आज साँझसम्मको समयावधी दिएको थियो। समयावधी सकिएसँगै प्रदेशका ११ जिल्लामध्ये ८ जिल्लाका ४२ जनप्रतिनिधि एकीकृत समाजवादीमा खुलेका छन्। एमालेको साथ छोडेर समाजवादीमा जाने…

रामेछापका पाँच जनप्रतिनिधिले एमाले छाडेर एकीकृत समाजवादी रोजे

रामेछाप – मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेतसहित पाँच जनप्रतिनिधिले नेकपा एमाले छाडेर नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् ।  एकीकृत समाजवादीमा जानेहरूमा मन्थली नगरपालिकाका मेयरसहित वडा नं १२ गेलुका निर्वाचित वडा सदस्यद्वय लीलाबहादुर बुढाथोकी र उमेश कार्की रहेका छन् । त्यसैगरी लिखु तामाकोशी गाउँपालिका ७ की वडा सदस्य भीमलक्ष्मी सार्कीले पनि एमाले छाडेर एकीकृत समाजवादी पार्टी रोज्नुभएको छ ।  नेकपा एमालेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी सञ्चालन गर्न नसकेको र दुई/दुई पटक संसद् विघटन ...

ताप्लेजुङमा २१ जनप्रतिनिधिले एमाले परित्याग गरी रोजे एकीकृत समाजवादी पार्टी

ताप्लेजुङ, भदौ २२ । नेकपा एमालेबाट निर्वाचित ताप्लेजुङकाल २१ जना जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरी माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेका छन् । जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपालीसहित २१ जना जनप्रतिनिधिले जिल्ला निर्वाचन कार्यालयमा आएर नेकपा एसको पक्षमा सनाखत गरेका छन् । सनाखत गर्नेमा आठराई त्रिवेणी गाउँपालिका उपप्रमुख मञ्जु पौडेल, फुङलिङ नगरपालिका […]

लुम्बिनीः एमाले सांसद रमा घर्तीले रोजिन् एकीकृत समाजवादी

बुटवल– लुम्बिनी प्रदेशसभाकी पाल्पाकी सांसद रमा घर्ती मगरले नेकपा एकीकृत समाजवादी रोजेकी छन्। नेकपा एमाले विभाजन भइ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी दर्ता भएपछि घर्तीले प्रदेश निर्वाचन कार्यालय दाङ पुगेर समाजवादी पार्टी रोजेकी हुन्। घर्तीले आफूले नेकपा एकीकृत समाजवादी पार्टी रोजेको कार्यालयमा जानकारी गराएकी छन्। आयोगका प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहबरमा घर्तीको हस्ताक्षर […]

बागमतीका १२ एमाले सांसदले रोजे एकीकृत समाजवादी

नेकपा एमाले विभाजनपछि बागमती प्रदेशका १२ एमाले सांसदले माधव नेपालको नेकपा एकीकृत समाजवादी चयन गरेका छन्। उनीहरुले बागमती प्रदेश निर्वाचन कार्यलयमा उपस्थित भई सनाखत गरेका हुन्। हालसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल,...