बागमती सरकार टिकाउन मन्त्रालय थप्ने तयारी

मकवानपुर । केन्द्रमा नेकपा एमाले नेतृत्वको सरकार ढलेसँगै बागमती प्रदेश पनि सरकार परिवर्तनको कसरत सुरु भएको छ । केन्द्रमा जस्तै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, एमालेकै खनाल–नेपाल पक्षसहितको गठबन्धनले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारलाई विस्थापित गर्ने पहल हुन थालेको छ ।बागमती प्रदेशमा नेकपा एमालेको स्पष्ट बहुमतको सरकार छ । तर एमालेभित्रकै खनाल–नेपाल पक्षले साथ नदिएको अवस्थामा प्रदेश सरकार अल्पमतमा पर्ने देखिन्छ । एमालेभित्रको विवाद बढ्दै गएको अवस्थामा

सम्बन्धित सामग्री

सत्ता सुरक्षित गर्न संसदीय समिति थप्दै बागमती सरकार

हेटौंडा : बागमती प्रदेश सरकारले आयु लम्ब्याउन संसदीय समिति थप्ने तयारी गरेको छ। मुख्यमन्त्री डोरमणि पौडेलले मंगलबार बस्न लागेको प्रदेशसभा बैठकमा संसदीय समितिको संख्या थप गर्न प्रदेशसभा नियमावली, २०७४ संशोधन मस्यौदा समिति गठन गर्ने तयारी गरेका छन्।बागमती प्रदेशका ५ वटा संसदीय समितिलाई समेत बिजनेस दिन नसकिरहेको सरकारले आफू सुरक्षित रहनकै लागि समितिको संख्या बढाउने गृहकार्य थालेको हो। आफ्नै पार्टीबाट धरापमा परेपछि यसअघि सत्ता लम्ब्याउन मुख्यमन्त्री पौडेलले मन्त्रालय थप्ने प्रयास गरेको थियो तर