बागमती प्रदेशको प्रदेश सभाका सातौँ आधिवशेन सुरु भएको छ । बागमती प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्नै लाग्दा मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएसँगै प्रदेश सभाको अधिवेशन बुधबारबाट सुरु भएको हो । अविश्वास प्रस्ताव छिटो टुङ्गो लाग्ने विश्वाससहित प्रदेश सभाका सदस्यहरुले अधिवेशनको शुभकामनाको साथै अन्यौलता नलम्ब्याउन र लोकतान्त्रिक विधिबाट निर्णयमा पुग्न माग गरेका थिए ।
तर सभामुख सानुकुमार श्रेष्ठले अर्को सूचना नभएसममका लागि प्रदेश सभाको बैठक स्थगित गरिएको जानकारी दिनुभयो ।
प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुले असंवैधानिक ढङ्गले गरिएको प्रतिनिधि सभा विघटनले अस्थिरता सिर्जना गरेको भन्दै सच्चिनुपर्ने बताउनुभयो ।
प्रदेश सभाको बैठकमा शुभकामना दिँदै मुख्यमन्त्री पौडेलले प्रदेश सभामा देखिएको फरक मत र असन्तुष्टिहरुलाई सम्मान गरिने बताउनुभयो । पाँच वर्षका लागि जनताबाट अख्तियारी पाएको सरकारका प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरेपछि फरक अवस्था सिर्जना भएको बताउँदै उहाँले केन्द्रमा विवादले केही अन्यौल र तीब्र धु्रबिकरणको प्रतिबम्ब प्रदेश सरकारमा परेको छ भन्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको मर्म र भावना विपरीत प्रतिनिधि सभा विघटन गरेको बताउँदै जनताले दिएको स्थिर सरकारलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसको नेतृत्वको सरकारले अस्थिरता सिर्जना गरेको बताउनुभयो ।
नेकपा फुटोस् भन्ने पक्षमा काँग्रेस छैन, तपाईहरु मिल्नुहोस्, भन्दै नेता बानियाँले भन्नुभयो, संविधान बनाउने समयको मनसाय र परिकल्पना विपरीत प्रतिनिधि सभ विघटन गरेर नेकपा र प्रधानमन्त्री ओलीले जनताको अपहेलना र लोकतन्त्रप्रति वितृष्णा फैलाउने काम गरेको छ ।
नेकपाका नेता अष्टलक्ष्मी शाक्यलेले प्रधान