बागमती प्रदेशमा मापदण्ड विपरीत ३३ करोडको गाडी खरिद

बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकारले मापदण्ड विपरीत सवारीसाधन खरिद गरेको देखिएको छ । प्रदेश सरकार मातहतको मन्त्रालय र निकायहरुले गत आर्थिक वर्ष २०७६/०७७ मा मापदण्ड विपरीत ३३ करोड १४ लाख ४२ हजार रुपैयाँको सवारी साधन खरिद गरेको हो ।सवारी साधन खरिदसम्बन्धी मार्गदर्शन, २०७४ अनुसार  महाशाखा प्रमुख तथा कार्यालय प्रमुखलाई बढीमा ३० लाख रुपैयाँसम्मको सवारी साधन उपलब्ध गराउने व्यवस्था भएपनि बागमती प्रदेश सरकारले उक्त मापदण्डको पालना नगरी सवारी साधन खरिद गरेको महालेखा