कैलाली – कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै स्थानीयवासीले पूर्व–पश्चिम राजमार्ग बन्द गरेका छन् ।
हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै लम्कीमा स्थानीयवासीले राजमार्ग बन्द गरेका हुन् । राजमार्ग बेलुकासम्म बन्द रहने सङ्घर्ष समितिका संयोजक ललित परियारले बताउनुभयाे ।
दासको हत्याका दोषीलाई तत्काल पक्राउ गरेर कडा कारबाही हुनुपर्ने उनीहरूको माग छ । जिल्ला प्रहरी कार्यालय कैलालीले भने केहीबेरमा राजमार्ग खोलिने जनाएको छ । राजमार्ग खो...