गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनुकेको क्यानडामा हत्या - NepaliPatra

एजेन्सी । सन् २०१७ मा नक्कली राहदानी बनाएर पञ्जाबबाट क्यानडा फरार भएका गुण्डा नाइके सुखदुल सिंह उर्फ ​​सुखा दुनाकेको हत्या भएको छ । क्यानडाको विनिपेगमा सुखा दुनुकेको गोली हानी हत्या भएको हो । सुखा दुनुके मोस्ट वान्टेड आतंकवादी थिए । उनी एनआइएले जारी गरेको ४१ आतङ्ककारी र गुण्डाको सूचीमा पनि परेका थिए । एनआईएले आज […]

सम्बन्धित सामग्री

भारती मानन्धरले  विष खाइन्!

काठमाडौँ : बाँकेको नेपालगञ्जमा गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष खाएकी भनेर सार्वजनिक भएको छ।आज मंगलबार साँझ उनले विष खाएको जनाएको छ। उनको अहिले नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ। उनको अवस्था स्थिर रहेको छ। विष खाएको सार्वजनिक भए पनि यकिन के खाएको अझै खुलेको छैन। कतिपयले औषधिको ओभरडोजले त्यस्तो भएको बताएका छन् । किन यस्ताे गरेकी हुन् भन्ने यकिन नभएको जनाइएको छ। घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

भारती मानन्धरले गरिन् विष सेवन, भेरी अस्पतालमा उपचार हुँदै

गुण्डा नाइके रिगल समूहबाट हत्या गरिएका चेतन मानन्धरकी श्रीमती भारती मानन्धरले विष सेवन गरेकी छिन्।

रिगलविरुद्धको रिटमा भोलि सुनुवाइ

काठमाडौँ : दिन-दहडै खुँडा प्रहार गरेर व्यक्ति हत्या गरेको अभियोगमा जन्म कैदको सजाय पाएका गुण्डा नाइके योगराज ढकाल 'रिगल'काे आममाफीविरुद्ध परेको रिटमा सर्वोच्चले भोलि (बुधवार) सुनुवाइ गर्ने भएको छ। संविधान दिवसको अवसरमा सरकारबाट आममाफी पाएका रिगल थुनामुक्त भएपछि हत्या गरिएका नेपागञ्जका चेतन मानन्धरकी पत्नी भारतीले दिएकाे रिटमा सर्वोच्चले आजसम्म राष्ट्रपतिको निर्णयको सक्कल कागजात पेस गर्न आदेश दिएको थियो। आदेशअनुसार मंगलबार जवाफ पठाइसकिएको राष्ट्रपति रामचन्द्र

गुण्डागर्दीविरुद्ध काठमाडौं प्रहरीको ‘ब्रोकन विन्डो प्रिन्सिपल’

३ साउन, काठमाडौं । छ वर्ष अघि नेपाल निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको गोली हानेर हत्या भएयता उपत्यकामा गुण्डाहरु संलग्न हाई–प्रोफाइल घटना भएका थिएनन् । बरु गुण्डागर्दीमा संलग्नविरुद्ध प्रहरीको निर्मम कारबाहीपछि आपराधिक पृष्ठभूमिका व्यक्तिहरुले वैकल्पिक पेशा रोज्न थालेका थिए । गौचन हत्यामा संलग्न समीरमान सिंह बस्न्यात (प्रहरीले छुट्टयाएको ‘क’ वर्गका गुण्डा नाइके) पक्राउ […]

भारतका पूर्वसांसद तथा गुण्डा नाइके अहमदलाई अपहरण मुद्दामा आजीवन जेल सजाय

उमेश पालकी आमा शान्ती देवीले अपहरण मुद्दामा आजीवन जेल सजाय भएता पनि अब हत्या गरेकोमा अहमदलाई मृत्युदण्ड दिइनुपर्ने माग राखेकी छिन् ।

यी हुन् गुण्डा नाइके मनोज पुनको योजनामा भएका हत्या

बुटवल । गुण्डा नाइके मनोज पुनको योजनामा सबैभन्दा पहिले युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्या भएको

रुपन्देही घटनाको जिम्मा मनोज पुनले लिए, ५ लाख चन्दा नदिँदा हत्या गरेको दाबी

रुपन्देही, पुस २१ – गुण्डा नाइके मनोज पुनले रुपन्देहीको देवदहका बसन्त पौडेल बलुको हत्याको जिम्मेवारी लिएका छन् । मलेसियाबाट बुटवलका स्थानीय सञ्च...

गुण्डा नाइके घैंटेको सम्पत्ति विवादमा गौचन हत्या

नेपाल निर्माण व्यवसायी महसंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको मुख्य कारण प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार घैंटे (कुमार श्रेष्ठ)को सम्पत्ति विवाद देखिएको छ । शनिबार पक्राउ परेका गौचन हत्याका मुख्य योजनाकार समीरमानसिंह बस्नेतले प्रहरीलाई दिएको बयानअनुसार घैंटेले इन्काउन्टर हुनु केही महिनाअघि नै आफ्नो मुख्य लगानी रहेको गजुरमुखी कन्स्ट्रक्सन २ करोड ५० लाख रुपैयाँ लिएर गौचनलाई बिक्री गरेका थिए । गौचनबाट घैंटेले लिएको उक्त रकममध्ये १ करोड आफ्नो भएको दाबी बस्नेतले गरेका छन् ।

गौचन हत्या कारण सडक ठेक्का कमिसन

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याको कारण ठेक्का लागेको १३ अर्ब रुपैयाँबराबरको हुलाकी लोकमार्गको कमिसन र प्रहरी इन्काउन्टरमा मारिएका सामाखुसीका गुण्डा नाइके कुमार श्रेष्ठ घैंटेको पैसा देखिएको छ ।