२८ वैशाख, काठमाडौं । नेपाल भ्रमणका लागि आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुरमा नागरिक अभिनन्दन कार्यक्रम सुरु भएको छ ।
उनको अभिनन्दन समारोह बाह्रबिघा मैदानमा सुरु भएको हो ।
वरिष्ठ साहित्यकार एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नेपाली साहित्यमा उल्लेख्य योगदान पुर्याएको भन्दै उहाँलाई नागरिक अभिनन्दन गरिएको हो । अभिनन्दन गर्न गठित नागरिक अभिनन्दन मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा समितिका संयोजक मायाप्रकाश भट्टले पूर्वप्रधानमन्त्री चन्दलाई अभिनन्दन पत्र र दोसल्ला ओढाएर अभिनन्दन गर्नुभयो । सो अवसरमा सुदूरपश्चिमाञ्चल प्रज्ञा प्रतिष्ठान, सुदूरपश्चिमाञ्चल …
३ माघ, धनगढी । पूर्व प्रधानमन्त्री तथा वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाईे धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । नागरिक अभिनन्दन समारोह समितिले बिहीबार चन्दलाई नागरिक अभिनन्दन गरेको हो । धनगढीका व्यवसायी माया प्रकाश भट्टको संयोजकत्वमा गठन भएको नागरिक अभिनन्दन समितिले चन्दलाई अभिनन्दन गरेको हो । उनलाई विहान पार्क मोडदेखि ट्राफिक चोक हँुदै शहीदगेटमा रहेको सौराई ब्यांकेटसम्म […]
पूर्वप्रधानमन्त्री एवम् साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। सुदूरपश्चिममा जन्मेर नेपाली राजनीति र साहित्यका क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै आगामी ३ फागुनमा चन्दलाई अभिनन्दन गर्न लागिएको हो।
अभिनन्दनको...
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई ज्यापू संस्कृति विकास कोषले यही पुस १० गते नागरिक अभिनन्दन गर्नेभएको छ । राष्ट्रिय ज्यापू दिवसको सन्दर्भमा प्रधानमन्त्री दाहाललाई वसन्तपुरमा एक कार्यक्रमकाबीच नागरिक अभिनन्दन गर्न लागेको व्यवहोरासहित आज बालुवाटारमा झाँकीसहित कोषले निमन्त्रणापत्र दिएको हो । प्रधानमन्त्री दाहाललाई राजनीतिक राज्यव्यवस्था परिवर्तन गर्दै समृद्धि, सुशासन, सामाजिक न्याय, समाजवाद उन्मुख लोकतन्त्र […]
धनगढी – पूर्वराजा ज्ञानेन्द्र शाहलाई धनगढीमा नागरिक अभिनन्दन गरिने भएको छ। शाहलाई यही जेठ ६ गते यहाँ नागरिक अभिनन्दन गरिने अभिनन्दन मूल समारोह समितिको सचिवालयले आज धनगढीमा पत्रकार सम्मेलनमार्फत् जानकारी गराएको हो। पूर्वराजा शाहको ६ गते दिउँसो २ बजे धनगढीको कभर्ड हलमा विशाल समारोका बिच नागरिक अभिनन्द गरिने समारोहका मूल समिति संयाेजक जयन्त चन्दले बताए। […]
नेपालगञ्ज- पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार नेपालगञ्जमा आफूलाई नागरिक अभिनन्दन गर्ने क्रममा सम्बोधन गरेका छन्। उनले नेपालको गौरव फर्काउन सबैसँग आह्वान पनि गरेका छन्। उनले ६४ वर्षअघि आफ्ना बुबा राजा महेन्द्रले यही भूमिबाट ऐतिहासिक सम्बोधन गरेको स्मरण गर्दै अब फेरि पनि नेपाल गौरवको युगमा फर्कनुपर्ने बताएका थिए। नेपालगञ्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन तथा उनको सम्बोधनका क्रममा […]
कास्की – कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार रथारोहणसहित नागरिक अभिनन्दन गरिएकाे छ । पोखरेली युवा सांस्कृतिक परिवारको अगुवाइमा एक दर्जन भन्दा बढी संस्थाहरुले कलाकार वात्स्यायनको सम्मानमा रथारोहणसहित नागरिक अभिनन्दन गरेका हुन् । वात्स्यायन चर्चित कार्टुनिस्ट तथा चित्रकार हुनुहुन्छ ।
वात्स्यायन निवास नदीपुरदेखि सुरु भएको रथयात्रा कन्या क्याम्पस, बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, ट्याक्सीचोक, बागबजार हुँदै विन्ध्यवासिनी परिसरको सभाकक्षमा पुगेको थियो । ८० वर्ष पूरा गरी ८१ वर्ष प्र...
मोरङ – समाजसेवी एवं उद्योगी दीनबन्धु गोयललाई विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ। विराटनगरमा शुक्रबार आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति डा. रामवरण यादवले अभिनन्दन गरेका थिए। समाजसेवी गोयललाई अभिनन्दन गर्ने क्रममा विभिन्न क्षेत्रका ३ सयभन्दा बढी संघसंस्थाले सम्मान गरेका थिए। पूर्वराष्ट्रपति डा. यादवले गोयललाई अभिनन्दन गर्दै भने, ‘भारतको राजस्थानबाट थातथलो छाडेर नेपालको तराई पहाडमा बसाइ सर्दै व्यापार व्यवसायमा […]