देशका ठुला निजी तथा सरकारी अस्पतालमा बेड तथा अक्सिजन अभाव भइरहेको बेला झापाको एक गाउँपालिकाले सुविधा सम्पन्न आइसोलेसन सेन्टर तयार गरेको छ । झापा गाउँपालिकाले कोरोना संक्रमितको उपचारका लागि अक्सिजन सहितको २० बेड क्षमताको आइसोलेसन सेन्टर तयार गरेको हो ।वडा नम्बर ६ मा अवस्थित जेष्ठ नागरिक भवनमा २० बेडको अक्सिजनसहितको आइसोलेसन सेन्टर तयार गरिएको गाउँपालिका अध्यक्ष जयनारायण साहले बताए । पालिकाले संक्रमितलाई उपचार केन्द्रसम्म पुर्याउनका लागि तीनवटा एम्बुलेन्सको समेत व्यवस्था गरेको उनले जानक