माधव नेपाल पक्षधर नेकपा एमालेका चार प्रभावशाली नेताहरूले नयाँ राजनीतिक बाटो तय गर्न नेताद्वय झलनाथ खनाल र माधव नेपाललाई सुझाव दिएका छन् ।
१९ गतेको मितिमा पठाइएको पत्रमा चार नेताहरूले ओलीसँग मिल्दा घरको न घाटको भइने चेतावनी समेत दिएका छन् ।
एमाले केन्द्रीय सदस्यहरु प्रकाश ज्वाला,जगन्नाथ खतिवडा,विजय पौडेल र राजेन्द्रकुमार राईले नेताद्वय खनाल र नेपाललाई सुझाव दिएका हुन् ।
९ बुँदे लिखित सुझावमा भनिएको छ- रातारात कुनै नाटकीय सम्झौता गरेर सर्वोच्च अदालतबाट मुद्दा फिर्ता लिन लाउने अभिप्रायले...