काठमाडौँ– नेकपा एमाले निकट युवा संघले राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा प्रदर्शन गरेको छ। राजधानीको नयाँ बानेश्वरमा युवा संघले प्रदर्शन गरेको हो। युवाहरुले उक्त अध्यादेश खारेज गर्न माग गरेका छन्। सरकारले प्रमाणिकरणका लागि पठाएको उक्त अध्यादेश राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार जारी गरेकी थिइन्। एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको महन्थ ठाकुर पक्षलाई दल विभाजनका लागि सहज […]