युवा पुस्तालाई राजनीतिक र आर्थिक प्रक्रियामा समेट्नुपर्छ : उपसभापति निधि

नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अब युवा पुस्तालाई देशको राजनीतिक र आर्थिक प्रक्रियामा समेट्नुपर्ने बताएका छन् । युवा पुस्तालाई झोला बोकाउनेमात्र होइन, नेतृत्वमा सहभागी गराउनु पर्ने उनले बताए ।नेपाली काँग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै निधिले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीको रक्षा नेपाली काँग्रेसले मात्र गर्न सक्ने बताए । उनले महाधिवेशनबाट सुदृढ भएर निस्किसकेपछि आगामी निर्वाचनमा नेपाली काँग्रेसको एकमना सरकार बनाउनु मुख्य जिम्मेवारी रहने