सभामुख अग्निप्रसाद सापकोटाले आइतबार बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको नेकपा एमालेले घुमाउरो भाषामा सभामुखको राजीनामा मागेको छ । एमालेले सभामुखलाई पत्र लेखेर माधव नेपालसहित १४ सांसदको कारबाहीबारे सूचना टाँस्ने आफ्नो माग दोहोर्याएको छ ।सभामुख सापकोटाले एमाले संसदीय दलका नेता केपी शर्मा ओलीलाई पत्र लेखेर सर्वदलीय बैठकको निम्तो दिएका थिए । तर, एमालेले सर्वदलीय बैठक बहिस्कार गरेको छ । कानुन मन्त्री ज्ञानेन्द्र कार्कीसँगको फोन सम्वादमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले बैठकमा नजान