काठमाडौं । पछिल्लो एक सातामा तीते करेलाको मूल्य १८ प्रतिशतले बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक साताको अवधिमा तीते करेलाको मूल्य २० रुपैयाँले बढेको छ । गत साता प्रतिकिलो औसत ११० रुपैयाँमा विक्री भएको करेला आज १३० रुपैयाँ पुगेको छ ।
यस्तै, एक सातामा करेलाको आगमन पनि बढेको छ । एक सातामा तीते करेलाको आगमन ९९ प्रतिशतले बढेको समितिले जनाएको छ । गत साताको शुक्रवार (फागुन ४ गते) ६ हजार ६८० किलोग्राम करेला भित्रिएकोमा आज (फागुन ११ गते) १३ हजार ३३० किलोग्राम करेला भित्रिएको छ ।
एक सातामा कुन तरकारीको मूल्य बढ्यो कुनको घट्यो ?