काठमाडौं । पछिल्लो एक सातामा सुन्तलाको आगमन ३३ प्रतिशतले घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार एक हप्ताअघि २४ हजार ३२५ किलोग्राम सुन्तला बजार भित्रिएको थियो भने आज १६ हजार २५० किलोग्राम सुन्तला भित्रिएको छ ।
आगमन घट्दा मूल्य भने १५ प्रतिशतले बढेको छ । गत सातामा सुन्तलाको औसत मूल्य प्रतिकिलो १३० रुपैयाँ थियो भने आज सुन्तलाको मूल्य १५० रुपैयाँ किलोग्राम पुगेको छ । सुन्तलाको सिजन सकिएसँगै बजारमा सुन्तलाको मूल्य बढेको व्यापारी बताउँछन् ।
अन्य तरकारीको मूल्य कति ?