सातामा किलोको ३३ रुपैयाँले बढ्यो लोकल गोलभेडाको भाउ

काठमाडौं । एक सातामा लोकल गोलभेडाको मूल्य ३३ रुपैयाँले बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार गत बिहीवार प्रतिकिलो ३२ रुपैयाँ औसत मूल्य रहेको लोकल गोलभेडाको भाउ आज किलोको ६५ रुपैयाँ  छ । त्यसैगरी, सानो गोलभेडा टनेलको भाउ किलोमा ४० रुपैयाँ बढेको छ । गत बिहीवार प्रतिकिलो ४५ रुपैयाँ औसत मूल्य रहेको सानो गोलभेडा टनेलको भाउ आज किलोको ८५ रुपैयाँमा विक्री भइरहेको समितिले जनाएको छ । आज कुन तरकारीको मूल्य कति ? कृषि उपज इकाई न्यूनतम अधिकतम औसत गोलभेडा ठूलो (भारतीय) के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० गोलभेडा सानो (लोकल) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० गोलभेडा सानो (टनेल) के.जी. रू ८०.०० रू ९०.०० रू ८५.०० गोलभेडा सानो (तराई) के.जी. रू ८०.०० रू ९०.०० रू ८५.०० आलु रातो के.जी. रू ३८.०० रू ४२.०० रू ४०.०० प्याज सुकेको (भारतीय) के.जी. रू ७०.०० रू ७५.०० रू ७२.४० गाजर (लोकल) के.जी. रू ३०.०० रू ४०.०० रू ३५.०० गाजर (तराई) के.जी. रू २५.०० रू ३०.०० रू २८.३३ बन्दा (लोकल) के.जी. रू २०.०० रू ३०.०० रू २५.०० बन्दा (नरिवल) के.जी. रू २०.०० रू ३०.०० रू २५.०० काउली स्थानीय के.जी. रू ३०.०० रू ४०.०० रू ३५.०० स्थानीय काउली (ज्यापू) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० मूला रातो के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ सेतो मूला (हाइब्रिड) के.जी. रू ४०.०० रू ५०.०० रू ४५.०० भन्टा लाम्चो के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ भन्टा डल्लो के.जी. रू ७०.०० रू ८०.०० रू ७५.०० बोडी (तने) के.जी. रू १९०.०० रू २००.०० रू १९५.०० मटरकोशा के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० घिउ सिमी (लोकल) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० घिउ सिमी (हाइब्रिड) के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० घिउ सिमी (राजमा) के.जी. रू १००.०० रू ११०.०० रू १०५.०० टाटे सिमी के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ तितो करेला के.जी. रू १२०.०० रू १३०.०० रू १२४.०० लौका के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० परवर (तराई) के.जी. रू ११०.०० रू १२०.०० रू ११५.०० घिरौला के.जी. रू ७०.०० रू ८०.०० रू ७६.०० फर्सी पाकेको के.जी. रू ४५.०० रू ५०.०० रू ४७.५० फर्सी हरियो (लाम्चो) के.जी. रू ३०.०० रू ४०.०० रू ३५.०० हरियो फर्सी (डल्लो) के.जी. रू ४०.०० रू ५०.०० रू ४६.०० सलगम के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ भिण्डी के.जी. रू ९०.०० रू १००.०० रू ९६.०० सखरखण्ड के.जी. रू ६०.०० रू ७०.०० रू ६५.०० बरेला के.जी. रू ५०.०० रू ६०.०० रू ५५.०० स्कूस के.जी. रू ४०.०० रू ४५.०० रू ४२.५० रायो साग के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ पालूगो साग के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ चमसूरको साग के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ तोरीको साग के.जी. रू ४०.०० रू ५०.०० रू ४६.६७ मेथीको साग के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ प्याज हरियो के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ बकूला के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ तरुल के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ च्याउ (कन्य) के.जी. रू १५०.०० रू १८०.०० रू १६५.०० च्याउ (डल्ले) के.जी. रू २८०.०० रू ३२०.०० रू ३००.०० कुरीलो के.जी. रू ७००.०० रू ८००.०० रू ७५०.०० न्यूरो के.जी. रू ८०.०० रू ९०.०० रू ८५.०० ब्रोकाउली के.जी. रू ४०.०० रू ५०.०० रू ४६.०० चुकुन्दर के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ सजिवन के.जी. रू १२०.०० रू १३०.०० रू १२६.६७ रातो बन्दा के.जी. रू ५०.०० रू ६०.०० रू ५६.६७ जिरीको साग के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ ग्याठ कोबी के.जी. रू ६०.०० रू ७०.०० रू ६६.६७ सेलरी के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ पार्सले के.जी. रू १५०.०० रू १८०.०० रू १६५.०० सौफको साग के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ पुदीना के.जी. रू १५०.०० रू १८०.०० रू १६५.०० गान्टे मूला के.जी. रू ८०.०० रू ९०.०० रू ८६.६७ इमली के.जी. रू १४०.०० रू १५०.०० रू १४६.६७ तामा के.जी. रू १००.०० रू १२०.०० रू ११०.०० तोफु के.जी. रू १५०.०० रू १७०.०० रू १६०.०० गुन्दुक के.जी. रू ३००.०० रू ३५०.०० रू ३२५.०० स्याउ(झोले) के.जी. रू २२०.०० रू २५०.०० रू २३५.०० स्याउ(फूजी) के.जी. रू ३००.०० रू ३५०.०० रू ३२५.०० केरा दर्जन रू १४०.०० रू १५०.०० रू १४६.६७ कागती के.जी. रू २५०.०० रू २८०.०० रू २६५.०० अनार के.जी. रू २८०.०० रू ३००.०० रू २९३.३३ अंगुर (हरियो) के.जी. रू १४०.०० रू १५०.०० रू १४५.०० अंगुर (कालो) के.जी. रू २००.०० रू २२०.०० रू २१०.०० सुन्तला (भारतीय) के.जी. रू १००.०० रू १२०.०० रू ११०.०० तरबुजा (हरियो) के.जी. रू ४५.०० रू ५०.०० रू ४८.३३ मौसम के.जी. रू १३०.०० रू १४०.०० रू १३५.०० जुनार के.जी. रू २५०.०० रू २८०.०० रू २६५.०० भुइँकटहर प्रतिगोटा रू १५०.०० रू १६०.०० रू १५५.०० काक्रो (लोकल) के.जी. रू ९०.०० रू १००.०० रू ९५.०० काक्रो (हाइब्रिड) के.जी. रू ५०.०० रू ६०.०० रू ५५.०० रुख कटहर के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ नासपाती (चाइनिज) के.जी. रू २००.०० रू २२०.०० रू २१०.०० मेवा (नेपाली) के.जी. रू ७०.०० रू ८०.०० रू ७६.६७ मेवा (भारतीय) के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ अम्बा के.जी. रू २००.०० रू २२०.०० रू २१०.०० लप्सी के.जी. रू २००.०० रू २२०.०० रू २१०.०० किनु के.जी. रू ९०.०० रू १००.०० रू ९५.०० स्ट्रबेरी भुइँऐसेलु के.जी. रू २५०.०० रू ३५०.०० रू ३००.०० किवि के.जी. रू ४००.०० रू ४५०.०० रू ४२५.०० अमला के.जी. रू ९०.०० रू १००.०० रू ९६.६७ अदुवा के.जी. रू २००.०० रू २२०.०० रू २१०.०० खुर्सानी सुकेको के.जी. रू ४३०.०० रू ४८०.०० रू ४५५.०० खुर्सानी हरियो के.जी. रू ९०.०० रू १००.०० रू ९६.०० खुर्सानी हरियो (बुलेट) के.जी. रू १२०.०० रू १३०.०० रू १२६.०० खुर्सानी हरियो (माछे) के.जी. रू ११०.०० रू १२०.०० रू ११६.६७ भेडे खुर्सानी के.जी. रू १५०.०० रू १६०.०० रू १५५.०० लसुन हरियो के.जी. रू ९०.०० रू १००.०० रू ९५.०० हरियो धनिया के.जी. रू ४०.०० रू ६०.०० रू ५०.०० लसुन सुकेको चाइनिज के.जी. रू २४०.०० रू २५०.०० रू २४६.०० लसुन सुकेको नेपाली के.जी. रू १८०.०० रू २००.०० रू १९०.०० छ्यापी सुकेको के.जी. रू १००.०० रू १२०.०० रू ११०.०० ताजा माछा (रहु) के.जी. रू ३४०.०० रू ३६०.०० रू ३५०.०० ताजा माछा (बचुवा) के.जी. रू २६०.०० रू २७०.०० रू २६५.०० ताजा माछा (छडी) के.जी. रू २६०.०० रू २८०.०० रू २७०.०० ताजा माछा (मुंगरी) के.जी. रू ३५०.०० रू ३६०.०० रू ३५५.०० रुख टमाटर के.जी. रू १५०.०० रू १६०.०० रू १५५.०० स्रोत : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति ।  

सम्बन्धित सामग्री

सलाद गोलभेडाको भाउ दुई सातामै दोब्बर, तरकारी गोलभेडाकाे घट्यो

काठमाडौं । गत कात्तिक २० गते कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तोकेको मूल्यसूची अनुसार गोलभेडा ठूलो (भारतीय)को औसत मूल्य प्रतिकेजी ४५ रुपैयाँ थियो । त्यसको दुई सातामा अर्थात् मंसिर ४ गते (सोमवार) भने त्यसको औसत मूल्य प्रतिकेजी ९६.६७ रुपैयाँ कायम भएको छ ।  त्यो अवधिमा भारतीय गोलभेडाको भाउ उच्च दरमा बढ्दा नेपाली गोलभेडाको भाउ भने स्थिर देखिएको छ । समितिका अनुसार गत कात्तिक २० गते गोलभेडा ठूलो (नेपाली)को भाउ प्रतिकेजी ६५ रुपैयाँ थियो । सोमवार पनि गोलभेडाको मूल्य सोही दर कायम गरिएको छ ।  भारतीय गोलभेडाको मूल्य बढ्दा नेपालीको भने स्थिर देखिएको छ । समितिका प्रवक्ता विनय श्रेष्ठका अनुसार भारतीय गोलभेडाको माग बढेकाले मूल्य बढेको हो । ‘भारतीय गोलभेडा (ठूलो) खपत हुने होटल र रेष्टुरेन्टमा हो । तिहार र छठपछि होटल र रेष्टुरेन्टहरू खुलेपछि यसको माग बढ्यो । माग बढ्दा मूल्य पनि बढ्यो,’ उनले भने । होटल र रेष्टुरेन्टमा सलाद बनाउन भारतीय गोलभेडा (ठूलो) प्रयोग गरिने उनले बताए ।  नेपाली गोलभेडा (ठूलो)को तुलनामा भारतीय गोलभेडा (ठूलो)मा गुलियोपना बढी हुने भएकाले होटल र रेष्टुरेन्टमा यसको खपत बढी हुने गरेको उनको भनाइ छ । ‘भारतीय गोलभेडाको तुलनामा नेपाली गोलभेडामा अमिलोपन बढी हुन्छ,’ उनले भने ।  यो अवधिमा तरकारीमा प्रयोग गर्ने गोलभेडाको भाउ भने घटेको छ । समितिका अनुसार गत कात्तिक २० गते गोलभेडा सानो (लोकल)को औसत मूल्य प्रतिकेजी ४१ रुपैयाँ रहेकोमा सोमवार यसको भाउ प्रतिकेजी २५ रुपैयाँ तोकिएको छ ।

तीन सातामै ६६ प्रतिशत बढ्यो प्याजको भाउ

काठमाडौं। काठमाडौंको बजारमा ३ साता अवधिमा प्याजको मूल्य ६६ प्रतिशतले बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो ३ सातामा प्याजको मूल्य उकालो लागेको हो । भारतले आफ्नो आन्तरिक बजारमा माग धान्न गाह्रो भएको भन्दै प्याज निर्यातमा कडाइ गर्दा नेपालमा मूल्य बढेको बताइएको छ । समितिको मूल्य सूचीअनुसार असोज २५ मा प्रतिकिलो ७३ रुपैयाँ ८० पैसा रहेको प्याजको थोक भाउ कात्तिक १५ गते ६६ दशमलव ६७ प्रतिशतले बढेर १ सय २३ रुपैयाँ पुगेको छ । कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको करीब ७० प्रतिशत माग धान्ने गर्छ । बाँकी ३० प्रतिशत माग बल्खु, टुकुचा, कलंकी, बालाजुलगायत बजारले धान्छन् । थोक बजारबाट खुद्रा पसलसम्म पुग्दा मूल्य किलोको १ सय ५५ रुपैयाँसम्म पुगेको पाइएको छ । कालीमाटी बजारमा आयात हुने करीब ९९ प्रतिशत प्याज भारतीय हुन्छ । केही सातादेखि भारतले आन्तरिक बजारमा प्याजको माग धान्न समस्या भएको भन्दै निर्यातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय भारतबाट हुने प्याजको आयात स्वाट्टै घटेको छ । समितिको तथ्यांकअनुसार यसअघि असोज २५ मा कालीमाटी बजारमा ५६ मेट्रिक टन प्याज भित्रिएको छ । असोज १४ सम्म आइपुग्दा आयातको मात्रा ५७ प्रतिशतभन्दा धेरैले घटेर २४ मेट्रिक टनमा सीमित भएको छ । प्याजको अयात नै कम भएपछि मूल्य बढ्नु स्वाभाविक भएको श्रेष्ठ बताउँछन् । नेपालमा प्याज उत्पादन नै नहुने होइन तर स्वदेशी उत्पादनले बजार माग धान्न नसकेपछि ठूलो परिमाणमा भारतबाट आयात हुने गरेको छ । केही वर्षयता नेपालमा प्याज उत्पादनमा समेत गिरावट आएको देखिन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २० हजार ९ सय हेक्टर जग्गामा प्याजखेती गरिएको थियो । त्यसयताका वर्षहरूमा प्याजखेतीको क्षेत्रफल क्रमश: घट्दै गएको देखिन्छ । आव २०७६/७७ मा २० हजार ४ सय र २०७७/७८ मा २० हजार ३ सय हेक्टरमा मात्र प्याजखेती गरिएको सरकारी तथ्यांक छ । प्याजमा परनिर्भर भएकै कारण नेपालीले महँगो मूल्यमा किनेर खानुपर्ने अवस्था रहेको सरोकारवाला बताउँछन् । केन्द्रका बाली विकास अधिकृत सन्दीप सुवेदीले प्याज उत्पादन तथा प्रवर्द्धनमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्दा उपभोक्ताले महँगो मूल्यमा किन्नु परेको बताए । उनका अनुसार प्याजका लागि नेपाली उपभोक्ताले भारतकै भर पर्नुपर्ने अवस्था आउनुमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्नु एउटा र किसान आफैले उत्पादन गर्न पनि गुणस्तरीय बीउ उपलब्ध नहुनु अर्को कारण हो । मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आव २०६४/६५ मा ५० करोड रुपैयाँ लगानीमा झापा, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रुपन्देही, बाँकेलगायत जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, उक्त कार्यक्रम सफल हुन सकेन । सरकारले घोषणा मात्र गर्ने, कार्यक्रम कसरी चलिरहेको भनेर अनुगमन नगर्ने वा देखिएका समस्या समाधानमा चासो नदिने गर्दा प्याज मिशन कार्यक्रम असफल भएको किसानको भनाइ छ ।

पेट्रोलमा कोटा प्रस्ताव, भाउ बढ्यो

यसअघि पेट्रोलियम पदार्थको खपत कम गर्न सातामा दुई दिन बिदा दिन सरकारलाई सुझाव दिएको नेपाल आयल निगमले इन्धनको खपत कम गर्न दुईपांग्रे र साना सवारीसाधनलाई पेट्रोलमा कोटा लगाउने अर्को प्रस्ताव अघि सारेको छ । स्मरणीय छ, सरकारले एक महिनामात्र सातामा दुई दिने बिदा लागू गरेर असार १ गतेदेखि रद्द गरेको थियो । तर, सरकारले हटाएको […]

भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

काठमाडौँ – भारतमा पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । एक साताअघि बढेको पेट्रोलको मूल्य अहिले लिटरको ११८ भारतीय रुपैयाँ पुगेको छ । डिजेलको भाउ पनि बढेर लिटरको एक सय नाघेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । रुस युक्रेन युद्धका कारण आपूर्तिमा कटौती भएपछि एक सातामा दुई पटक भाउ बढेको हो ।

सातामा १५ सयले बढ्यो सुनको मूल्य, रुस युक्रेन युद्धको प्रभाव

यो सातामा सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले साताको ६ कारोबार दिनमा उक्त मूल्यले सुनको भाउ महँगिएको जानकारी दिएको हो । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ५०० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।यो साताको सोमबार र बुधबार बाहेक अन्य सबै दिन सुनको मूल्य बढेको थियो । यसैगरी, हिजो शुक्रबारसम्ममा तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ मूल्य कायम छ । सुनको

सातामा १५ सयले बढ्यो सुनको मूल्य

यो साता सुनको मूल्य प्रतितोला १५ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार गत शुक्रबारको तुलनामा यो साताको शुक्रबारसम्म उक्त मूल्यले सुनको भाउ उकालो लागेको हो ।गत साताको शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य ९२ हजार ५०० रुपैयाँ कायम थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १५ सयले बढेर ९४ हजार रुपैयाँ पुगेको छ । यस्तै, गत साताको शुक्रबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार रुपैयाँ थियो । जुन, हिजो शुक्रबारसम्म आइपुग्दा प्रतितोला ९३ हजार ५०० रुपैयाँ तोकिए

एक सातामा सुनको मूल्य तोलामा १४०० रुपैयाँ बढ्यो

एक सातामै सुनको मूल्य प्रतितोला १४०० रुपैयाँ बढेको छ । माघ महिनाको पहिलो सातादेखि नै नेपाली बजारमा सुनको मूल्य बढ्न थालेको थियो । अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको भाउ केही बढेको छ । प्रतिऔंस सुन १८४०.६३ र चाँदी २४.४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।नेपालमा आज (शुक्रबार) छापावाल सुन प्रतितोला ९३ हजार ८०० र तेजाबी सुन ९३ हजार ३०० रुपैयाँमा कारोबार भएको नेपाली सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । एक साताभि

सातामा ३४ सयले बढ्यो सुनको मूल्य

तिहारपछि खुलेको सुनचाँदीको बजारमा सुनको मूल्य ३४ सय रुपैयाँले बढेको छ । तिहार अघिको अन्तिम कारोबार दिन प्रतितोला ९१ हजार रुपैयाँ रहेको सुनको मूल्य त्यसयता ३४ सयले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघले कार्तिक १८ गते छापावाल सुनको भाउ प्रतितोला ९१ हजार रुपैयाँ तोकेको थियो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ तोकेको थियो ।त्यसपछि कातिक २२ गते कारोबार खुल्दा छापावाल सुनको मूल्य १५ सयले बढेर ९२ हजार ५०० रुपैयाँ पुग्यो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार पुगेको थिय

एक सातामा सुनको मूल्य तोलामा १८ सय बढ्यो

४ भदौं, काठमाडौं । एक सातामा सुनको भाउ तोलामा एक हजार ८ सय रुपैयाँले बढेको छ । गत साता तोलामा ९० हजार रुपैयाँ तल झरेको सुनको मूल्य यो साता अधिकतम् ९१ हजार दुई सय रुपैयाँ पुगेको हो । गत शुक्रबार ८९ हजार ७ सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो । आज बिहीबारको तुलनामा तोलामा […]