तीन सातामै ६६ प्रतिशत बढ्यो प्याजको भाउ

काठमाडौं। काठमाडौंको बजारमा ३ साता अवधिमा प्याजको मूल्य ६६ प्रतिशतले बढेको पाइएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार पछिल्लो ३ सातामा प्याजको मूल्य उकालो लागेको हो । भारतले आफ्नो आन्तरिक बजारमा माग धान्न गाह्रो भएको भन्दै प्याज निर्यातमा कडाइ गर्दा नेपालमा मूल्य बढेको बताइएको छ । समितिको मूल्य सूचीअनुसार असोज २५ मा प्रतिकिलो ७३ रुपैयाँ ८० पैसा रहेको प्याजको थोक भाउ कात्तिक १५ गते ६६ दशमलव ६७ प्रतिशतले बढेर १ सय २३ रुपैयाँ पुगेको छ । कालीमाटी तरकारी बजारले काठमाडौं उपत्यकाको करीब ७० प्रतिशत माग धान्ने गर्छ । बाँकी ३० प्रतिशत माग बल्खु, टुकुचा, कलंकी, बालाजुलगायत बजारले धान्छन् । थोक बजारबाट खुद्रा पसलसम्म पुग्दा मूल्य किलोको १ सय ५५ रुपैयाँसम्म पुगेको पाइएको छ । कालीमाटी बजारमा आयात हुने करीब ९९ प्रतिशत प्याज भारतीय हुन्छ । केही सातादेखि भारतले आन्तरिक बजारमा प्याजको माग धान्न समस्या भएको भन्दै निर्यातमा कडाइ गर्दा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा परेको समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् । उनका अनुसार पछिल्लो समय भारतबाट हुने प्याजको आयात स्वाट्टै घटेको छ । समितिको तथ्यांकअनुसार यसअघि असोज २५ मा कालीमाटी बजारमा ५६ मेट्रिक टन प्याज भित्रिएको छ । असोज १४ सम्म आइपुग्दा आयातको मात्रा ५७ प्रतिशतभन्दा धेरैले घटेर २४ मेट्रिक टनमा सीमित भएको छ । प्याजको अयात नै कम भएपछि मूल्य बढ्नु स्वाभाविक भएको श्रेष्ठ बताउँछन् । नेपालमा प्याज उत्पादन नै नहुने होइन तर स्वदेशी उत्पादनले बजार माग धान्न नसकेपछि ठूलो परिमाणमा भारतबाट आयात हुने गरेको छ । केही वर्षयता नेपालमा प्याज उत्पादनमा समेत गिरावट आएको देखिन्छ । राष्ट्रिय आलु, तरकारी तथा मसला बाली विकास केन्द्रको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/७६ मा नेपालमा २० हजार ९ सय हेक्टर जग्गामा प्याजखेती गरिएको थियो । त्यसयताका वर्षहरूमा प्याजखेतीको क्षेत्रफल क्रमश: घट्दै गएको देखिन्छ । आव २०७६/७७ मा २० हजार ४ सय र २०७७/७८ मा २० हजार ३ सय हेक्टरमा मात्र प्याजखेती गरिएको सरकारी तथ्यांक छ । प्याजमा परनिर्भर भएकै कारण नेपालीले महँगो मूल्यमा किनेर खानुपर्ने अवस्था रहेको सरोकारवाला बताउँछन् । केन्द्रका बाली विकास अधिकृत सन्दीप सुवेदीले प्याज उत्पादन तथा प्रवर्द्धनमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्दा उपभोक्ताले महँगो मूल्यमा किन्नु परेको बताए । उनका अनुसार प्याजका लागि नेपाली उपभोक्ताले भारतकै भर पर्नुपर्ने अवस्था आउनुमा सरकारले ठूला कार्यक्रम ल्याउन नसक्नु एउटा र किसान आफैले उत्पादन गर्न पनि गुणस्तरीय बीउ उपलब्ध नहुनु अर्को कारण हो । मुलुकलाई प्याजमा आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले आव २०६४/६५ मा ५० करोड रुपैयाँ लगानीमा झापा, सिराहा, सप्तरी, धनुषा, बारा, पर्सा, रुपन्देही, बाँकेलगायत जिल्लामा प्याज मिसन कार्यक्रम सञ्चालन गरेको थियो । तर, उक्त कार्यक्रम सफल हुन सकेन । सरकारले घोषणा मात्र गर्ने, कार्यक्रम कसरी चलिरहेको भनेर अनुगमन नगर्ने वा देखिएका समस्या समाधानमा चासो नदिने गर्दा प्याज मिशन कार्यक्रम असफल भएको किसानको भनाइ छ । 

सम्बन्धित सामग्री

६० प्रतिशतले बढ्यो प्याजको मूल्य, गोलभेंडा पनि उस्तै

दसैं सकिएलगत्तै प्याजको भाउ उकालो लाग्न थालेको छ । असोज ३० मा औसत प्रतिकिलो ७६.४० रुपैयाँमा बिक्री भएको प्याज कात्तिक १४ (मंगलबार) प्रतिकिलो १२२.५० रुपैयाँ पुगेको छ । दुई सातामै प्याज ६०.३४ प्रतिशतले बढेको हो । यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य हो ।

प्याजको भाउ ह्वात्तै बढ्यो, हरियो तरकारीको भाउ भने घट्यो

काठमाण्डाै - प्याजको भाउ फेरि बढ्न थालेको छ । यो महिनाको शुरुवाती दिनमा किलोको ५० देखि ६० रुपैयाँ थोक मूल्य रहेको प्याजको भाउ आज ११५ देखि १२० रुपैयाँ थोक मूल्यमा पुगेको छ । भारतमा मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । पछिल्लो दुई हप्तामा भारतमा प्याजको मूल्य ५० प्रतिशतभन्दा धेरैले बढेको छ । भारतले आन्तरिक बजारमा बढ्दो प्याजको मूल्यलाई नियन्त्रणमा राख्नका लागि प्याजमा ४० प्रतिशत निर्यात कर समेत लगाएको छ । यो नियम आउँदो डिसेम्बर ३१ तारिखसम्म लागू हुनेछ । नेपालले प्याजका लागि भारतसँग निर्भर हुनुपर्...

पोहोरको भन्दा यसपालीको दशैँ दोब्बर महँगो, कुन बस्तुमा कति बढ्यो भाउ ?

चाडवाडको सिजन सुरु भएको छ । दशैँ र तिहार नजिकिएसँगै बजारमा दैनिक उपभोग्य बस्तुको भाउ पनि उचालिएको छ । चामल र दालबाहेक सबैजसो दैनिक उपभोग्य बस्तुको भाउ बढेको छ । गत वर्षको तुलनामा यसवर्ष नेपालीहरुको दशैँ महँगो हुने देखिएको छ ।नेपाल खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधरका अनुसार दशैँको मुखमा नभई जेठ असारदेखि नै महँगी बढ्न थालेको हो । दशैँको मुखमा पनि आयातित सामानमा केही मूल्य बढ्ने अनुमान गरिएको उनको भनाई छ । दाल चामलको भाउ कति बढ्यो ?गत वर्षको दशैँको तुलनामा सबैभन्दा कम मूल्य बढेका खाद्यान्न हुन् हुन् चामल र दाल । चालम र दालमा गत वर्षको तुलनामा २ देखि ५ प्रतिशत (भुगोल अनुसार) मात्रै मूल्य बढेको खुद्रा ब्यापार संघका महासचिव अमुलकाजी तुलाधर बताउँछन् ।गतवर्ष १५ सय रुपैयाँ रहेको सोना मंसुली चामल अहिले बढीमा १५ सय ७५ देखि १६ सयसम्ममा पाईने व्यवसायीहरुको भनाई छ । भान्छामा दैनिक पाक्ने रातो र कालो दालको मूल्य पनि अत्यन्त कम मात्रामा बढेको तुलाधरको भनाई छ ।तेलमा अनियन्त्रित मूल्य वृद्धितेलको भाउ अनियन्त्रित रुपमा बढेको छ । गत वर्षको दशैँको तुलनामा अहिलेको दशैँको समयमा खाने तेलको भाउ प्रति लिटर सय रुपैयाँले महँगिसकेको छ । गतवर्षको तुलनामा ८० प्रतिशतसम्म मूल्य बढेको तुलाधरको भनाई छ ।तर, उद्योगीहरुले भने कच्चा पदार्थको मुल्य दोब्वर भन्दा बढीले बढेकाले गत वर्षमा महशुल सरदर रु २० प्रति लि. रहेकोमा हाल सरदर रु ४५ भन्दा बढी पुगीसकेकाले खाने तेलको मूल्य बढेको दाबी गरेका छन् । सहायक कच्चा प्रदार्थ र प्याकिङ्ग सामाग्रीमा प्रयोग हुने सामानको मुल्यसमेत अन्तराष्ट्रिय बजारमा अत्याधिक वृद्धि भएकाले तेलको भाउ बढाउनु परेको उद्योगीहरुको प्रष्टिकरण छ । केराउ आकाशियोगेडागुडीको भाउ बजारमा बढ्ने क्रममा छ । आयातित गेडागुडीको मूल्य गतवर्षको तुलनामा धेरै नै बढेको तुलाधर बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै भाउ केराउको बढेको छ । गतवर्ष यस समयमा प्रतिकिलो ६० रुपैयाँदेखि ७० रुपैयाँमा पाइने केराउ अहिले प्रतिकिलो १२० रुपैयाँदेखि १३० रुपैयाँसम्म पर्ने गरेको छ ।‘यो आयातित केराउको भाउ, नेपाली केराउ त अहिले छैन’ तुलाधारले भने ।मसलाको मूल्य कति ?दैनिक भान्छामा प्रयोग हुने जिरा र धनियाँको मूल्य खासै नबढेपछि अरु मसिना मसलाको भाउ बढेको छ । ल्वाङ, सुकुमेल लगायतका विभिन्न मसला मिश्रित मसलाको प्याकेटको भाउ बढेको छ । जिरा प्रतिकिलो ३६० देखि ३८० रुपैयाँसम्म पर्दै आएको छ भने धनियाँ प्रतिकिलो २२० रुपैयाँमाथि छ । यो मूल्य गतवर्षको तुलनामा ३ प्रतिशत मात्रै बढी हो । मासुको भाउ पनि गतवर्षको तुलनामा प्रतिकिलो ३० रुपैयाँभन्दा बढी बढेको छ । यद्यपी, औसत मूल्य तोकिने भनिएको छ । औसत मूल्य नै तोकिएपनि उक्त मूल्यमा उपभोक्ताले नपाउने देखिएको छ ।हरियो प्याज, लसुन र धनियाँको भाउ अचाक्ली बढ्दोहरियो प्याजको भाउ अहिले प्रतिकिलो २ सय रुपैयाँको हाराहारीमा छ । गतवर्ष यतिबेला हरियो प्याज १२० रुपैयाँ प्रतिकिलोमा पाइन्थ्यो ।हरियो लसुनको पनि भाउ तेब्बरले बढेको छ । गतवर्ष अधिकतम् १४० रुपैयाँ प्रतिकिलो रहेको हरियो लसुन अहिले ३६० रुपैयाँ प्रतिकिलो पुगेको छ ।हरियो धनियाँ भान्छामा दैनिक प्रयोग हुने तरकारीजन्य बस्तु हो । यसको भाउ पनि अहिले अत्याधिक बढेको छ । गतवर्ष पुगनपुग २ सय रुपैयाँ प्रतिकिलोमा पाइने हरियो धनियाँ अहिले ५ सय रुपैयाँ छ ।