एनएमबि बैंकको बचतमा सबैभन्दा उच्च ब्याज, ५.१ प्रतिशतसम्म, मुद्दतिमा पनि सबैभन्दा बढि

काठमाडौं। सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमध्ये सर्वाधिक ब्याज दर एनएमबिले दिएको छ। माघ १ गतेबाट लागू भएको नयाँ ब्याज

सम्बन्धित सामग्री

एनएमबि बैंकको ‘मान्यजन बचत खाता’ मा उच्च ब्याजदर, घरमै सेवा

काठमाडौं । एनएमबि बैंक लिमिटेडले एनएमबि मान्यजन बचत खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । सो खाता विशेष रूपमा ज्येष्ठ नागरिकहरूको आवश्यकताहरूलाई मध्यनजर राखी बनाइएको बैंकले जनाएको छ । उक्त खातामा ९.१३३ प्रतिशत ब्याजदर प्रदान गर्नुका साथै बैंकले ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने बैंकले जनाएको छ ।

एनएमबि फिप्टी सहित पाँच धितोपत्रमा उच्च खरीद माग

जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलवार बजार खुलेको तीन घण्टा अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्र मध्ये पाँच धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनएमबी फिप्टी, सानिमा इक्वीटी फण्ड, सनराइज फर्स्ट म्युचुअल फण्ड,प्रभु सेलेक्ट फण्ड र लक्ष्मी उन्नति कोषको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  यी पाँच धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको २ लाख ९५ हजार ७० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी सानिमा इक्वीटी फण्डको २ लाख २५ हजार ८२४ इकाई, सनराइज फर्स्ट म्युचुअल फण्डको २ लाख २१ हजार ३०० इकाई, प्रभु सेलेक्ट फण्डको २ लाख १४ हजार ९७० इकाई र लक्ष्मी उन्नति कोषको धितोपत्रमा २ लाख ८ हजार इकाई खरीद माग रहेको हो ।  यो समचार तयार पार्दासम्म नेप्से परिसूचक ३४ दशमलव ६० अंक घटेर २ हजार १३८ दशमलव ८५ विन्दुमा झरेको छ भने कुल रू. ७८ करोड ३९ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

एनएमबि फिप्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

जेठ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । एनएमबी फिप्टी, ग्लोबल आइएमई समुन्नत स्किम - १, नबिल ब्यालेन्स फण्ड - २, सानिमा इक्वीटी फण्ड र सनराइज ब्लूचिप फण्डको इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको १ लाख ८० हजार ६४५ इकाई खरीद माग रहेको छ । त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम- १ को १ लाख ५९ हजार ३५० इकाई, नबिल ब्यालेन्स फण्ड - २ को १ लाख ४२ हजार ५३३ इकाई, सानिमा इक्वीटी फण्डको १ लाख ४२ हजार र सनराइन ब्लूचिप फण्डको १ लाख १६ हजार ४२७ इकाई खरीद माग रहेको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४१ दशमलव ५१ अंक घटेर २ हजार १९३ दशमलव ५८ विन्दुमा पुगेको छ ।  उक्त अवधिसम्ममा कुल रू. ९६ करोड ३५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।

५ ओटा धितोपत्रमा उच्च खरीद माग, सबैभन्दा बढी एनएमबि फिप्टीको

माघ २०, काठमाडौं । साताको अन्तिम काराबोर दिन बजार खुलेको करीब तीन घण्टाको अवधिमा अपि पावरसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  अपि पावर कम्पनी, एनएमबि फिप्टी, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेण्ट एण्ड डेभलपमेण्ट कम्पनी, प्रभु सेलेक्ट फण्ड र सानिमा इक्विटी फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो ।  ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको ५ लाख ९९ हजार ५१५ इकाई खरीद माग रहेको छ ।  त्यसैगरी अपि पावर कम्पनीको ४ लाख १० हजार ५१० कित्ता, हाइड्रोइलेक्ट्रीसिटीको ३ लाख ८१ हजार २६१ कित्ता,प्रभु सेलेक्ट फण्डको ३ लाख ५२५ इकाई र सानिमा इक्विटी फण्डको ३ लाख १५० इकाई खरीद माग रहेको हो ।  यो समाचार तयार पार्दासम्म नेप्से परिसुचक ४ दशमलव ३१ अंक बढेर २ हजार ८९५ दशमलव ६४ विन्दुमा पुगेको छ भने कुल रू. ५ अर्ब ४७ करोडभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

एनएमबि फिप्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

पुस १३, काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलवार बजार खुलेको करीब तीन घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२५ ओटा धितोपत्रमध्ये एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । मध्य भोटेकोशी जलविद्युत् कम्पनी,नबिल ब्यालेन्स फण्ड २,सानिमा इक्विटी फण्ड,एनएमबि फिप्टी र एनआईसी एशिया ब्यालेन्स फण्डको धितोपत्रमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी मध्य भोटेकोशी जलविद्युत् कम्पनीको १२ लाख ७८ हजार ६८९ कित्ता शेयर खरीद माग रहेको छ ।  त्यसैगरी नबिल ब्यालेन्स फण्ड २ को ४ लाख १० हजार ६४१ इकाई, सानिमा इक्विटी फण्डको ३ लाख १९ हजार ९७५ ,एनएमबि फिप्टीको २ लाख ३० हजार ४६७ र एनआईसी एशिया ब्यालेन्स फण्डको २ लाख ५ हजार ७५ इकाई शेयर खरीद माग रहेको छ । यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव शून्य ७ अंक घटेर २ हजार ५१० दशमलव ५८ विन्दुमा रहेको छ ।

एनएमबि फिप्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनएमबि फिप्टी, नबिल इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,नबिल ब्यालेन्स फण्ड - २ र ग्लोबल आइएमई समुन्त स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच  ओटा धितोपत्र मध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको धितोपत्रमा ३ लाख ९० हजार ६२० इकाई खरीद माग रहेको हो ।  त्यसैगरी नबिल इक्विटी फण्डको ३ लाख ५५ हजार ४७ इकाई, सिद्धार्थ इक्विटी फण्डको २ लाख ७५ हजार २७५ इकाई, नबिल ब्यालेन्स फण्ड-  २ को २ लाख २५ हजार १७५ इकाई र ग्लोबल आइएमई समुन्नत स्किम- १ को १ लाख ६१ हजार ९८३ इकाई खरीद माग रहेको छ ।

एनएमबि फिप्टीसहित ५ ओटा धितोपत्रमा उच्च खरीद माग

मंसिर १३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ । कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।  एनएमबि फिप्टी,महालक्ष्मी विकास बैंक,सिद्धार्थ इक्विटी फण्ड,ग्लोबल आइएमई समुन्नत स्किम - १ र न्यादी हाइड्रोपावरको शेयरमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको ४ लाख ९८ हजार ४९० इकाई खरीद माग रहेको छ ।  त्यसैगरी महालक्ष्मी विकास बैंकको ३ लाख १ हजार ६९२ कित्ता,सिद्धार्थ इक्विटी फण्डको २ लाख ४४ हजार १७५ इकाई,ग्लोबल आइएमई समुन्नत स्किम १ को २ लाख २३ हजार ९७० इकाई र न्यादी हाइड्रोपावरको २ लाख १८ हजार १५८ कित्ता शेयर खरीद माग रहेको छ ।

एनएमबि फिप्टीसहित ५ ओटा म्युचुअल फण्डको इकाईमा उच्च खरीद माग

असार ३०, काठमाडौं । बुधवार बजार खुलेको पौने तीन घण्टाको अवधिमा ५ ओटा म्युचुअल फण्डको इकाई खरीदमा उच्च माग रहेको छ ।  ग्लोबल आएमई समुन्नत स्किम १, एनएमबि फिप्टी, प्रभु सेलेक्ट फण्ड, सानिमा लार्ज क्याप फण्ड र सिटीजन्स म्युचुअल फण्ड १ को इकाईमा उच्च खरीद माग रहेको हो ।  यी ५ ओटा म्युचुअल फण्डमध्ये सबैभन्दा बढी ग्लोबल आइएमई समुन्नतको इकाईमा ८ लाख ५३ हजार ४१८ इकाई खरीदको लागि माग रहेको छ । त्यसैगरी, दोस्रोमा एनएमबि फिप्टीको ६ लाख ९० हजार इकाई माग, प्रभु सेलेक्ट फण्डको ६ लाख ५० हजार ६२२ इकाई, सानिमा लार्ज क्याप फण्डको ६ लाख १४ हजार १५० इकाई र सिटीजन्स म्युचुअल फण्डको ६ लाख १० हजार ३०० इकाईको लागि खरीद माग रहेको छ ।

एनएमबि बैंकमा बचत गर्दा उच्च ब्याज पाइने

सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरेको जनाएको छ । बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले ग्राहकहरुलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६० प्रतिशतसम्म वार्षिक ब्याजदर तोकेको जनाएको छ । बैंकले मुद्दतीमा भने ८.३० प्रतिशतसम्म वार्षिक ब्याज प्रदान गर्ने उल्लेख गरेको छ । “हाल […]

एनएमबि बैंकको बचतमा सबैभन्दा बढी ब्याजदर

एनएमबि बैंकले बैंकले सर्वसाधारण ग्राहकलाई ५.१ प्रतिशतसम्म ब्याज दिने घोषणा गरेको छ । यस्तै मुद्दतीमा ८.१ प्रतिशतसम्म ब्याज दिने बैंकले जनाएको छ । यो सञ्चालनमा रहेका २७ बाणिज्य बैंकमध्ये सर्वाधिक ब्याज दर हो । माघ १ गतेबाट लागू भएको नयाँ ब्याज दर अनुसार, बैंकले सर्वाधिक उच्च ब्याज दिने घोषणा गरेको छ । हाल बैंकहरुमा निक्षेप […]