जेठ ९, काठमाडौं । साताको पहिलो कारोबार दिन सोमवार बजार खुलेको तीन घण्टाको अवधिमा कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
एनएमबी फिप्टी, ग्लोबल आइएमई समुन्नत स्किम - १, नबिल ब्यालेन्स फण्ड - २, सानिमा इक्वीटी फण्ड र सनराइज ब्लूचिप फण्डको इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको १ लाख ८० हजार ६४५ इकाई खरीद माग रहेको छ ।
त्यसैगरी ग्लोबल आइएमई समुन्नत स्किम- १ को १ लाख ५९ हजार ३५० इकाई, नबिल ब्यालेन्स फण्ड - २ को १ लाख ४२ हजार ५३३ इकाई, सानिमा इक्वीटी फण्डको १ लाख ४२ हजार र सनराइन ब्लूचिप फण्डको १ लाख १६ हजार ४२७ इकाई खरीद माग रहेको छ।
यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४१ दशमलव ५१ अंक घटेर २ हजार १९३ दशमलव ५८ विन्दुमा पुगेको छ । उक्त अवधिसम्ममा कुल रू. ९६ करोड ३५ लाख बराबरको शेयर खरीदविक्री भएको छ ।