मंसिर १६, काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीवार बजार खुलेको साढे दुई घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२० ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
एनएमबि फिप्टी, नबिल इक्विटी फण्ड,सिद्धार्थ इक्विटी फण्ड,नबिल ब्यालेन्स फण्ड - २ र ग्लोबल आइएमई समुन्त स्किम - १ को इकाईमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्र मध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको धितोपत्रमा ३ लाख ९० हजार ६२० इकाई खरीद माग रहेको हो ।
त्यसैगरी नबिल इक्विटी फण्डको ३ लाख ५५ हजार ४७ इकाई, सिद्धार्थ इक्विटी फण्डको २ लाख ७५ हजार २७५ इकाई, नबिल ब्यालेन्स फण्ड- २ को २ लाख २५ हजार १७५ इकाई र ग्लोबल आइएमई समुन्नत स्किम- १ को १ लाख ६१ हजार ९८३ इकाई खरीद माग रहेको छ ।