मंसिर १३, काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमवार बजार खुलेको दुई घण्टाको अवधिमा एनएमबि फिप्टीसहित पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
कारोबारमा आएका २२३ ओटा धितोपत्रमध्ये पाँच ओटा धितोपत्रमा उच्च खरीद माग रहेको छ ।
एनएमबि फिप्टी,महालक्ष्मी विकास बैंक,सिद्धार्थ इक्विटी फण्ड,ग्लोबल आइएमई समुन्नत स्किम - १ र न्यादी हाइड्रोपावरको शेयरमा उच्च खरीद माग रहेको हो । ती पाँच ओटा धितोपत्रमध्ये सबैभन्दा बढी एनएमबि फिप्टीको ४ लाख ९८ हजार ४९० इकाई खरीद माग रहेको छ ।
त्यसैगरी महालक्ष्मी विकास बैंकको ३ लाख १ हजार ६९२ कित्ता,सिद्धार्थ इक्विटी फण्डको २ लाख ४४ हजार १७५ इकाई,ग्लोबल आइएमई समुन्नत स्किम १ को २ लाख २३ हजार ९७० इकाई र न्यादी हाइड्रोपावरको २ लाख १८ हजार १५८ कित्ता शेयर खरीद माग रहेको छ ।