नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनलाई व्यंग्य गरेका छन् ।
सत्तारूढ गठबन्धनले स्थानीय तहको निर्वाचन कात्तिकमा सारेर आगामी बैशाखमा संसदको निर्वाचन गर्नेबारे छलफल चलाएकोमा एमाले महासचिवले व्यंग्य गरेका हुन् ।
उनले फेसबुकमा स्टेटस लेख्दै भनेका छन्, ‘पाँच वर्ष अगावै चुनाव गर्नु प्रतिगमन हो भन्ने सत्ता गठबन्धन स्थानीय चुनाव पछि सार्नेगरी वैशाखमै संसदको चुनाव गर्न तयार भए रे ।’
एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले दुई पटकसम्म संसद विघटन गरेर निर्वाचनको घोषणा गरेको थियो । तर, ए...