मोरङ जिल्लामा डेङ्गुका बिरामी दिनप्रति दिन बढ्र्दै गएका छन्। विराटनगरस्थित जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत असार १ गतेदेखि हालसम्म मात्र जिल्लाभर आठ सय ६५ जना डेङ्गुबाट सङ्क्रमित भैसकेका छन् । पथरीशनिश्चरे नगरपालिकामा छ सय ५० जना बिरामी फेला परेका छन् ।