प्राविधिक समस्या नरहेको यकिन भएपछि बुद्धको जहाजले थाल्यो उडान

सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन–एएनआइ कलसाइनको जहाज आजबाट नियमित उड्न थालेको छ । सोमबार बिराटनगरमा अवतरण हुन नसकेपछि काठमाडौँ आएर लामो कसरतपछि ल्याण्ड भएको बुद्धको जहाजमा समस्या नदेखिएपछि आजबाटै नियमित उडान थालेको हो ।उक्त जहाजमार्फत बुद्धले मंगलबार बिहानैदेखि नियमित उडान सुरु गरिसकेको छ । नागरिक उड्डयन प्राधिकरण अन्तर्गतको हवाई सुरक्षा विभाग र बुद्ध एयरको प्राविधिक टोलीले गरेको विस्तृत निरीक्षणमा जहाजमा कुनै पनि प्राविधिक गडबडी नरहेको पाईएपछि नियमित उडान सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।७२ सिटे उक्त जहाज हिजो अवतरणको क्रममा ल्यण्ड गेयरले काम नगरेपछि आकाशमै २ घण्टा होल्ड गर्नु परेको थियो । 

सम्बन्धित सामग्री

भैरहवाको लागी उडेको बुद्धको जहाजमा समस्या, काठमाडौं नै फर्काइयो

काठमाडाैं । काठमाडौंबाट बिहीबार दिउँसो भैरहवा विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको छ। उडान नम्बर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएको बुद्ध एयर प्रालिले जानकारी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । […]

बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थलका सबै उडान अवरुद्ध

काठमाडौं : बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि उडान अवरुद्ध भएको छ। टेकअफका क्रममा भैरहवा विमानस्थलमा टायर फ्ल्याट भएर प्राविधिक समस्या आउँदा बुद्धको जहाज रनवे मै फसेको हो। जसकारण विमानस्थलमा अन्य उडान समेत ठप्प भएको छ। बुद्धको फ्लाइट नम्बर यु ४८५५ को भैरहवा-काठमाडौं उडान गर्ने क्रममा प्राविधिक समस्या आएको हो। बुद्ध एयरको ९एन-एजेएस कलसाइनको…

बुद्ध एयरका जहाजमा समस्यै समस्या, ३ महिनामै ६ पटक प्राविधिक गडबडी

नीजि क्षेत्रको हवाई सेवा प्रदायक बुद्ध एयरको व्यवसाय विस्तार आक्रामक छ । कर्णाली र सुदूरपश्चिम क्षेत्रका गन्तव्यमा उडान गर्न पोखरालाई हब बनाउन लागेको बुद्धले पर्वी नेपालका गन्तव्यमा उडान गर्न रामेछापको मन्थली विमानस्थललाई हबका रुपमा प्रयोग गर्दैछ । बुद्धले ८ वटा जहाज किनेर आक्रामक व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ ।दुर्गमका पहाडी तथा हिमाली क्षेत्रमा रहेका विमानस्थलमा उडान गर्न व्यवसायिक योजना बनाएर काम पनि सुरु गरिसकेको बुद्ध एयरले पछिल्लो समयमा भने यात्रुको गाली खानु परिरहेको छ । जहाजमा एकपछि अर्को खराबी देखिँदै आएपछि यात्रुहरुले बुद्ध एयरलाई गाली मात्रै गरेका छैनन्, कतिपय अवस्थामा चढ्नै अस्वीकार पनि गरेका छन् ।यी हुन् समस्याका श्रृङ्खला असोज ११ गते बुद्ध एयरका २ जहाजमा एकैदिन खराबी देखियो । ती दुबै जहाज एटिआर–७२ जहाज हुन् । उक्त दिन काठमाडौँबाट विराटनगर उडेको ‘९ एन–एएनआई’ कलसाइनको एटीआर–७२ जहाज ल्याण्डिङ इन्डिकेटरमा समस्या देखिएपछि काठमाडौँ फर्कियो । काठमाडौँमा पनि सहज नभई ‘फोर्स’ ल्याण्ड गर्नुपर्यो । उक्त जहाजमा चालक दलका ४ सदस्यसहित ७७ यात्रु थिए ।सोही दिन काठमाडौँबाट पोखरा उडेको एटीआर–७२ ‘९ एन–एजेओ’ कलसाइनको जहाज ककपिटमा समस्या देखिएपछि काठमाडौँ फिर्ता भयो । त्रिभुवन विमानस्थलमा जाँच गरेपछि उक्त जहाजलाई पोखरा पठाईएको थियो ।मंसिर ४ गते सिमरा विमानस्थलमा अवतरणका क्रममा बुद्ध एयरको जहाजको टायरको हावा फुस्कियो । एटीआर–७२ सिरिजकै ९ एन–एएनयु कलसाइनको जहाजको अवतरणपछि घुमाउने क्रममा टायरको हावा फुस्कियो । जसका कारण सिमरा–काठमाडौँ उडान डिले हुन पुग्यो ।मंसिर ११ गते पनि बुद्धकै जहाज नेपालगञ्ज विमानस्थलमा स्यालको बच्चासँग ठोक्कियो । यसलाई जहाजको कमजोरी नमानिएपनि जहाजमा भने समस्या आयो ।मंसिर २२ गते राती ९ बजे बुद्ध एयरको जहाज भैरहवाबाट काठमाडौँ उडानको तालिका थियो । उडान नम्बर युफोर–८१० जहाजमा यात्रुहरु चढ्दै मानेनन् । कारण उही थियो, प्राविधिक समस्या । तर पनि जहाज जबर्जस्ति उडाउन खोजिएको भन्दै यात्रुहरुले चढ्न अस्वीकार गरेपछि रात्रीकालिन उडान रोकियो ।त्यसपछि सोही राती करिब साढे ११ बजेको समयमा अर्को जहाज गएर यात्रुलाई काठमाडौँ ल्यायो । पौष १ गते पनि बुद्धको जहाज भरतपुरमा आपतकालीन अवतरण भयो । भरतपुरबाट उडान भरेको केहीबेरमै जहाजमा यान्त्रिक गडबडी आएपछि जहाजलाई फेरि भरतपुरमै फर्काएर अवतरण गराईएको थियो ।किन आईरहन्छ बारम्बार खराबी ?असोज ११ गते ल्याण्डिङ गियरमा समस्या देखिएको र सोही दिन ककपिटमा समस्या देखिएको जहाज एटीआर–७२ सिरिजकै हुन् । यी दुबै जहाज निकै पूराना थिए । विराटनगर उड्दा समस्या देखिएको बुद्धको जहाज १४ बर्ष पुरानो हो । यो जहाज बुद्धले नेपाल ल्याउनु अघि भारतको किङफिसर र जेट्कोनेक्टले उडाएको थियो । पूरानौ भएकै कारण समस्या देखिने दाबी हुँदै आएपनि अन्त्यमा चालकलाई दोषी देखाईयो ।सोही दिन पोखरामा समस्या देखिएको अर्को जहाज त झन २४ वर्ष पुरानो पाईएको छ । भारतको एयर डेकनले उडाइरहेको उक्त जहाज बुद्ध एयरले सन् २०१० नेपाल भित्र्याएको थियो ।जहाज ‘थोत्रा’ भएरै बुद्धका जहाजमा बारम्बार समस्या आईरहनुको दाबी नियामकका अधिकारीको छ । तर, छानविन गर्दा अरु नै कारण देखाई कम्पनीलाई उन्मुक्ति दिने काम भईरहेको स्रोत बताउँछ ।

बुद्धको विमानमा प्राविधिक समस्या

निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरको विमानमा प्राविधिक समस्या आएको छ । बिहीबार दिउँसो भरतपुरबाट काठमाडौंका लागि उडान भरेको विमानको वाया इन्जिनमा प्राविधिक समस्या देखिएपछि विमानलाई तत्कालै भरतपूर विमानस्थलमा अवतरण गराइएको थियो ।बीचक्राफ्ट् विमान ९ एन्–एइइ उडान नम्बर ३६० मा १ सय १९ यात्रु सवार रहेका थिए । चालकदलमा भने पाइलट र परिचारीका […]

प्राविधिक समस्या देखिएको भनिएको बुद्धको जहाज आज बिहानबाट संचालनमा

काठमाडौं । विराटनगर विमानस्थलमा अवतरणको क्रममा एक इन्डिकेटरले दायाँ तर्फको पाङ्ग्रा खुलेको जानकारी नगराएपछि काठमाडौं फर्किएको बुद्ध एयरको जहाजले आज बिहानैबाट उडान शुरु गरेको छ ।प्राविधिक समस्या देखिएको भनिएको उक्त जहाज काठमाडौंमा करिब दुई घण्टा आकाशमा घुमेर सफल अवतरण गरेको थियो । अवतरण लगत्तै बुद्ध एयरका इन्जिनियर र नेपाल नागरिक उड्डयन प्राधिकरणका प्राविधिकहरूले जहाजको जाँच गरी जहाजमा प्राविधिक समस्या नदेखिएको र पुनः सुचारु गर्न सकिने बताएसँगै जहाजले उडान शुरु गरेको हो ।प्राविधिक टोलीको जाँचपछि

प्राविधिक गडबडी नभेटिएपछि बुद्धको जहाजले नियमित उडान थाल्यो

प्राविधिक  समस्या आएर सोमबार ग्राउण्डेड गराइएको बुद्ध एयरको ९ एन-एएनआइ कलसाइनको जहाजले नियमित उडान सुरू गरेको छ।