भैरहवाको लागी उडेको बुद्धको जहाजमा समस्या, काठमाडौं नै फर्काइयो

काठमाडाैं । काठमाडौंबाट बिहीबार दिउँसो भैरहवा विमानस्थलका लागि उडेको बुद्ध एयरको जहाजमा प्राविधिक समस्या भएको छ। उडान नम्बर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि जहाजलाई काठमाडौं विमानस्थलमा अवतरण गराइएको बुद्ध एयर प्रालिले जानकारी दिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको १३ मिनेटपछि फेरि सोही विमानस्थलमा सिंगल इन्जिनबाट ल्याण्ड भएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । […]

सम्बन्धित सामग्री

भद्रपुर उडेको बुद्धको जहाजमा समस्या, बीचबाटै काठमाडौं फर्काइयो

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाजमा समस्या आएपछि बीचबाटै काठमाडौं फर्काइएको छ। विहान १० बजेर ४३ मिनेटमा काठमाडौंबाट उडेको विमान ११ बजेर ६ मिनेटमा काठमाडौंमै फर्काएर अवतरण गरिएको थियो। विमान उड्ने बेला नै पछाडिको टायरको केही भाग उप्किएको त्रिभुवन विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। 'टेकअफकै बेला पछाडिको टायर केही फुटेर उप्किएको रहेछ', सिटौलाले भने, 'आधा घण्टापछि आकाशबाटै काठमाडौं फर्काएर अवतरण गरियो।'विमानमा रहेका च

चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काइयो

काठमाडौं । पुरातत्व विभागले चोरेर अमेरिका पुर्‍याइएका मूर्ति र टुँडाल नेपाल फर्काएको छ । विभिन्न समयमा चोरी भएर अमेरिकाको न्युयोर्क तिब्बत ग्यालरीमा भेटिएको बुद्धको मूर्ति र सोही ठाउँ रुबिन म्युजियममा भेटिएको टुँडाल नेपाल फर्काइएको पुरातत्व विभागमा प्रमुख दामोदर गौतमले जानकारी दिए । ‘‘गत सोमबार नेपाल फर्काइएको थियो । सोही मूर्ति यम्पी महाविहार...