बुद्ध एयरको जहाजको टायर पड्कियो, भैरहवा विमानस्थलका सबै उडान अवरुद्ध

काठमाडौं : बुद्ध एयरको जहाजमा प्राविधिक समस्या आएपछि उडान अवरुद्ध भएको छ। टेकअफका क्रममा भैरहवा विमानस्थलमा टायर फ्ल्याट भएर प्राविधिक समस्या आउँदा बुद्धको जहाज रनवे मै फसेको हो। जसकारण विमानस्थलमा अन्य उडान समेत ठप्प भएको छ। बुद्धको फ्लाइट नम्बर यु ४८५५ को भैरहवा-काठमाडौं उडान गर्ने क्रममा प्राविधिक समस्या आएको हो। बुद्ध एयरको ९एन-एजेएस कलसाइनको…