असार १ देखि विद्यालय खुलाउने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा : वीरगञ्ज महानगरपालिका क्षेत्रमा रहेका सामुदायिक र संस्थागत विद्यालयहरु असार १ देखि पुनः सञ्चालन हुने भएको छ। दोस्रो लहरको कोरोना महामारीको कारण महानगर क्षेत्रका शैक्षिक संस्था गत वैशाख १२ देखि बन्द रहेका विद्यालयहरु विद्यार्थीको भौतिक उपस्थितिविना नै खुल्ने भएका हुन्।विद्यालय बन्द रहेकाले चालु शैक्षिक सत्रको वार्षिक परीक्षा हुन पाएको छैन। त्यसैले आन्तरिक मूल्यांकन गरेर परीक्षा फल प्रकाशन गर्न पनि विद्यालय खुला गर्नु परेको महानगर प्रमुख विजयकुमार सरवगीले बताए। ‘विद्यालय सरसफाइ ग

सम्बन्धित सामग्री

अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

पर्सा- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।  वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरव...

दर्ता नभएका विद्यालय सिल गर्दै वीरगञ्ज महानगरपालिका

२१ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले दर्ता नभई सञ्चालन भएका तथा दर्ता भएको भन्दा फरक नाममा सञ्चालन भइरहेको विद्यालयहरु धमाधम सिल गर्न थालेको छ । महानगरपालिकाका शिक्षा अधिकृत आनन्द लामिछानेले भने, ‘एउटा नामबाट सञ्चालन अनुमति लिएर, स्वीकृति लिएको ठाउँ भन्दा फरक ठाउँमा अवैध रुपमा कलेजको नाममा सञ्चालन भएका विद्यालयहरु सिल मार्ने क्रम चलिरहेको छ ।’ […]

वीरगञ्ज छपकैयामा विद्यालय भवन उद्घाटनसँगै वृक्षरोपण

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका– १ छपकैयामा रहेको सामुदायिक विद्यालयमा निर्माण हुन लागेको दुई कोठे भवनको उद्घाटन गरिएको छ। शुक्रबार मधेस प्रदेशका वन तथा वातावरण राज्यमन्त्री रहबर अन्सारीले भवन उद्घाटन गरेका हुन्। शिक्षामा पहुँच नभएका विपन्न, दलित तथा अन्य सीमान्कृत वर्गका बालबालिकाका लागि स्थापना गरिएको महानगरको वडा नम्बर १ स्थित बजार छपकैयाको बबिता पराजुली आधारभूत विद्यालयमा […]

समयमा विद्यालय नपुग्ने शिक्षकको सरुवा गर्न वडाध्यक्षको माग

वीरगञ्ज – वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा रहेको एक विद्यालयमा शिक्षकहरु समयमै नआएका भन्दै वडाध्यक्षले सबै शिक्षकको सरुवा गर्न माग गरेका छन्। वडा नम्बर २० को अपौनी टोलमा रहेको श्री ने.रा आधारभूत विद्यालयमा वडाध्यक्ष रामकिशोर सिंहले मंगलबार अनुगमन गरेका थिए। अनुगमनको क्रममा बिहान ११ बजेसम्म पनि विद्यालय कुनै शिक्षक उपस्थित भएका थिएनन्। समयमा कुनै […]

गर्मी बढेपछि तराईका जिल्लामा पठनपाठन बन्द

अत्यधिक गर्मीका कारण  तराईका  विभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुन थालेको छ । सोही क्रममा पर्साका विभिन्न पालिकाका  सामुदायिक विद्यालय बन्द गर्ने क्रम बढेको छ । हालसम्म वीरगञ्ज महानगरपालिका सहित पर्साका पाँच पालिकाले विद्यालयमा गर्मी बिदा दिएका छन् । वीरगञ्ज महानगरभित्रका सबै विद्यालयमा आगामी साउन १ देखि साउन २० गतेसम्म पठनपाठन बन्द हुने भएको छ । शैक्षिक क्यालेन्डरमा साउन ८ गतेदेखि वर्षे बिदा भए पनि संशोधन गरेर पठनपाठनका लागि बिदा दिइएको  महानगरपालिकाको

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ ।

वीरगञ्जका विद्यालयमा भौतिक उपस्थितिमा पढाइ सुरु

२६ माघ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा आजदेखि औपचारिक रुपमा विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालनमा आएका छन् । वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाले बुधबारदेखि विद्यालय सञ्चालनमा आएको जानकारी दिएको छ । वीरगञ्जमा कोरोना संक्रमणको दर घट्दै गएकोले विद्यार्थीको भौतिक उपस्थितिमा विद्यालय सञ्चालन गर्ने निर्णयमा पुगिएको नगर प्रमुख विजयकुमार सरावगीले जानकारी दिए । यसअघि कोरोना संक्रमणको उच्च […]

वीरगञ्जका विद्यालय अनुगमन : कहीं शिक्षक आउँदैनन्, कतै झ्याल-ढोका नै छैन

१ असोज, वीरगञ्ज । २९ भदौमा वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाको टोली आकस्मिक विद्यालय अनुगमनका लागि वीरगञ्ज–१७ अलौस्थित श्रीमान टोला प्राविमा पुग्यो । बिहान ११ बजे नै विद्यार्थीहरु घरतिर लागिरहेका थिए । विद्यार्थीलाई बोलाएर सोध्दा शिक्षक कोही छैनन् त्यसैले पढाइ भएन भन्ने जवाफ आयो । शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णसहितको टोली विद्यालय पुग्दा एक […]

विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गराउने वीरगञ्ज महनगरको निर्णय

वीरगञ्ज– भौतिक रूपमा विद्यार्थी तथा शिक्षकलाई उपस्थित गराई वीरगञ्ज महानगरपालिकामा विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको छ। बुधबार सरोकारवालासँगको छलफलपछि वीरगञ्ज महानगरपालिकाले साउन ३१ गतेदेखि विद्यार्थीलाई भौतिक रूपमै उपस्थित गराएर विद्यालय सञ्चालन गर्ने जनाएको छ। भौतिक रूपमा विद्यार्थीलाई उपस्थित गराई कक्षा ८ देखि १२ सम्मका कक्षा सञ्चालन गर्ने निर्णय गरिएको वीरगञ्ज महानगरपालिका शिक्षा शाखाका प्रमुख अरबिन्द […]

गर्मी बढेपछि पर्साका दुई स्थानीय तहका विद्यालय बन्द

२८ जेठ, वीरगञ्ज । केही दिन यता बढेको गर्मीका कारण पर्सामा धमाधम सामुदायिक विद्यालयहरु बन्द गर्न थालिएको छ । वीरगञ्ज महानगरपालिका र पोखरीया नगरपालिकाले एक सातासम्मका लागि विद्यालय बन्द गर्ने निर्णय गरिसकेका छन् भने अन्य स्थानीय तहले पनि विद्यालय बन्द गर्ने तयारी गरिरहेका छन् । केहिदिन यता बढेको गर्मीलाई मध्यनजर गरेर वीरगञ्ज …