वीरगञ्ज । स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरास्थित नृसिंह माध्यमिक विद्यालय हुने मतगणनाको कार्यका लागि अहिले सर्वपक्षीय तथा सर्वदलीय छलफल जारी छ ।