अत्यधिक गर्मीले वीरगञ्जका विद्यालय तीन दिन बन्द

पर्सा- अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ । वीरगञ्ज आसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो ।  वीरगञ्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरव...