अदुवा खेतीले बढायो इलामका किसानको आम्दानी

पछिल्लो समय इलाममा अदुवाखेती विस्तार हुँदै गएको छ । अदुवाखेतीले यहाँका किसानको जीवनस्तरमा परिवर्तन ल्याउन थालेपछि खेती विस्तार भएको हो ।

सम्बन्धित सामग्री

ओखलढुंगामा अदुवाको उत्पादनमा वृद्धि

ओखलढुंगा । ओखलढुंगामा यस वर्ष १ हजार १८० मेट्रिक टन अदुवा उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाले जिल्लामा यो वर्ष अदुवा उत्पादनमा वृद्धि भएको जनाएको छ । यसवर्ष जिल्लामा ८० हेक्टर क्षेत्रमा अदुवा खेती गरिएको थियो । अघिल्लो वर्षभन्दा यसवर्ष १० मेट्रिक टन मात्रै बढी अदुवा उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लाको […]

बजार नपाउँदा अदुवाखेतीबाट विमुख हुँदै सल्यानी किसान

सल्यान : नगदेबालीको रुपमा रहेको अदुवाको उत्पादन घट्दै जान थालेको छ।सल्यान बोसे जातको अदुवाले समेत परिचित रहेको छ तर उचित मूल्य नपाउँदा तथा समयमै बिक्री नहुँदा कृषकहरू अदुवा खेतीबाट विमुख हुँदै जान थालेका छन्। त्यसमाथि जिल्लामा शीत भण्डारको व्यवस्था नहुँदा पनि व्यावसायिक अदुवा खेती गर्ने किसानलाई बाली लगाउन छाड्नुपर्ने बाध्यता छ।किसान प्रतिकिलो २० देखि २५ रूपैयाँसम्ममा अदुवा बिक्री गर्न बाध्य भएका छन्। यस वर्ष २० क्विन्टल अदुवा उत्पादन गरे पनि भनेजस्तो मूल्य नपाएको शारदा नगरपालिका-

व्यावसायिक अदुवा खेतीमा महिलाहरू

चौतारा – गरे के हुँदैन । यसको गतिलो उदाहरण बनेका छन्, इन्द्रावती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनीहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेपछि आम्दानी बढ्न थालेको छ । इन्द्रावती गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँबस्ती, कुञ्चोक, बाँडेगाउँ र भोटसिपाका किसानले अदुवा खेतीलाई नगदेबालीका रूपमा विकास गर्दै लगेका छन् । […]

रुकुम पश्चिम : अदुवा किन्न बारीमै पुग्छन् व्यापारी, १८ सय मेट्रिक टन निर्यात

रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।  त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो ।  मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगा...

नक्कली बिल बनाई अदुवा खेतीको रकम दुरुपयोग गरेको आरोपमा भ्रष्टाचारको मुद्दा दायर

काठमाडौँ । नक्कली बिल बनाई अदुवा खेती र तालिम गोष्ठीको रकम दुरुपयोग गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले नेपाल नागरिक समाज (सिस नेपाल)का तत्कालीन अध्यक्ष ओमप्रकाश लामिछाने र साकाजिक परिचालक यामलाल घिमिरेविरुद्ध विशेष अदालतमा भ्रष्टाचारमुद्दा दायर गरेको हो । अख्तियारले उनीहरुमाथि १३ लाख ३७८ हजार रुपैयाँ […]

अर्बौंको अदुवा उत्पादन

नेपालमा वार्षिक रू. १० अर्बभन्दा बढीको अदुवा उत्पादन हुने गर्छ । त्यसमध्ये ४० करोडको मात्र निर्यात हुन्छ । यो परिमाणलाई आधार मानेर हेर्दा नेपालमा अदुवाको उपभोग निकै हुने अनुमान सहजै गर्न सकिन्छ । तरकारी र अचारमा मसलाको रूपमा बढी प्रयोग हुने अदुवा आयुर्वेदिक औषधिहरूका साथै क्यान्डी र शृंगारका प्रशाधनमा समेत प्रयोग हुन्छ । कृषि तथा सहकारी मन्त्रालयका अनुसार आर्थिक वर्ष २०६५/६६मा १ लाख ७८ हजार ९ सय ८८ मेट्रिक टन अदुवा उत्पादन भएको थियो । काठमाडौंको कालिमाटीस्थित फलफूल तथा तरकारी बजारको थोक मूल्य एक किलोको रू ६० का दरले हिसाब गर्दा उक्त अवधिमा १० अर्ब ७३ करोड ९३ लाख रुपैयाँ बराबरको अदुवा उत्पादन भएको देखिन्छ । त्यसमध्ये २६ हजार ७ सय २३ मेटन भारत र २ सय १५ किलो अमेरिका निर्यात भएको र भन्सार मूल्य करिब रू. ४० करोड देखाइएको छ । नेपालमा विशेषगरी पहाडी भूभागमा धेरै पहिलेदेखि नै नगदेबालीका रूपमा अदुवा खेती हुँदै आएको छ । आव २०६५/६६ मा १५ हजार ८ सय ३८ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको थियो । मन्त्रालयका अनुसार अदुवा सबैभन्दा बढी उत्पादन गर्ने विकास क्षेत्र पूर्वाञ्चल हो । वर्ष ५ अंक ५१, २०६७, भदौ ७–१३

शिक्षकलाई तलब दिन विद्यालयमा अदुवा खेती

साउन २६, रोल्पा । निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती शुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीस्थित सरस्वती आधारभूत विद्यालयले अदुवा र केहि फलफूलका बिरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताए ।  विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्यालयको आम्दानी बढाउन शुरु गरिएको तरकारी र फलफूल खेतीमा अभिभावकहरुले पनि सहयोग गर्दै आएका छन् । सदरमुकाम नजिकै रहेको यो विद्यालयमा हाल ९० जना बालकालिकाहरुले अध्ययन गरिरहेका छन् । विद्यालयले आम्दानीको स्रोतसँगै शैक्षिक गुणस्तरलाई पनि वृद्धि गर्ने योजना बनाएको छ ।

रोल्पामा शिक्षकलाई तलब खुवाउन विद्यालयमा अदुवा खेती

राेल्पा - निजी स्रोतका शिक्षकलाई तलब दिन रोल्पाको एउटा विद्यालयले अदुवा खेती सुरु गरेको छ । रोल्पा नगरपालिका–२ देउरालीमा रहेको सरस्वती आधारभूत विद्यालयले अदुवा र केही फलफूलका विरुवा लगाएको छ । विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षकलाई तलब खुवाउन अभिभावकबाट सहयोग उठाउँदै आएको विद्यालयले आफ्नै आय स्रोतबाट तलब खुवाउने उद्देश्यले खेती सुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ओलीले बताउनुभयो । विद्यालयको आम्दानी बढाउन थप खेती विस्तार गर्ने योजना रहेको पनि अध्यक्ष ओलीको भनाइ छ । विद्या...

सुदूरपश्चिमका कृषक अदुवा खेती गर्न उत्साहित, जर्मनी निर्यात हुँदै

साउन १६, कैलाली । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् ।  कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनका अनुसार आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ ।    कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आफ्नै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन् । उनले आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको बताए ।  सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउँछन् । गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ । अदुवाको सुठो (चना) बनाएर विक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ । कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन् । सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ । काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ ।      उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्ममा विक्री हुने गरेको छ । तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो २०० रुपैयाँभन्दा बढी पुगेको छ ।  जैविक अदुवा जर्मनी निर्यात हुँदै  सो क्षेत्रमा उत्पादन हुने जैविक(अर्गानिक) अदुवा प्रशोधन गरेर बनाइने सुठो (चना) जर्मनी निर्यात हुने गरेको छ । चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरीद गरेर अर्गानिक अदुवाबाट सुठो तयार पार्ने गरेको छ । प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करीब २० टन अदुवा प्रशोधनका लागि खरीद गरिने बताए ।    उनका अनुसार सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ ।  कैलालीको चुरे र योसँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन् । यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ । रासस

युवाले सुरु गरे सामूहिक अदुवा खेती

पाल्पाका युवा सामूहिकरूपमा अदुवा खेतीमा लागेका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को पहलमा बेद माध्यमिक विद्यालय बगनासकाली–८ बराङ्दीमा गठन भएको बेद युवा समूहले बराङ्दीको न्यौपाने डाँडामा सामूहिक अदुवा खेती गरेका हुन् । बगनासकाली गाउँपालिकाको सहयोगमा ३ रोपनी बारी भाडामा लिएर अदुवा रोपण गरिएको हो ।