सुदूरपश्चिमका कृषक अदुवा खेती गर्न उत्साहित, जर्मनी निर्यात हुँदै

साउन १६, कैलाली । कैलाली र डोटीको सीमावर्ती क्षेत्रका किसान आफ्नो कृषिउपज अदुवाखेती गर्दा भएको आम्दानीबाट उत्साहित देखिएका छन् ।  कैलालीको चुरे गाउँपालिकाका हिक्मतसिंह भाटले अदुवाखेतीबाट अम्दानी बढ्दै जाँदा किसान उत्साहित भएका बताए । उनका अनुसार आफ्नै माटोमा मेहनत गर्ने हो भने विदेशमा गरिने जतिको कमाइ स्वदेशमै गर्न सकिन्छ भन्ने चेतना किसानमा देखिन थालेको छ ।    कतारमा तीन वर्ष काम गरेर फर्किएका चुरेका युवा दीपेन्द्र बमले एकसाथ आफ्नै गाउँमा अदुवा, ड्रागन फ्रुटको खेती र कुखुरापान व्यवसाय शुरु गरेका छन् । उनले आफ्नै देशमा फर्किएर केही गर्नुपर्छ भन्ने सोचले आफूले अदुवा, ड्रागन फ्रुट, बेमौसमी तरकारी खेती र पोल्ट्री व्यवसाय गरेको बताए ।  सो क्षेत्रको जग्गा अदुवाखेतीका लागि उर्बर मानिन्छ । यो खेतीको व्यवसायीकरणमार्फत स्थानीयवासीमा आर्थिक समृद्धि ल्याउन सकिने चुरे–३ का वडाध्यक्ष टेकबहादुर शाह बताउँछन् । गाउँपालिका कार्यालयले अदुवाखेतीमा लागेका किसानलाई बीउबिजनमा अनुदान दिने गरेको छ । अदुवाको सुठो (चना) बनाएर विक्री गर्दासमेत मूल्य राम्रो पाउने गरेको किसानको भनाइ छ । कतिपय किसानले आफ्नै परम्परागत विधिबाट समेत सुठो तयार गर्ने गरेका छन् । सुठोले अपेक्षित मूल्य पाउन थालेपछि पछिल्ला वर्षमा यो खेतीको विस्तार भइरहेको छ । काँचो अदुवाको बजार मूल्य यस वर्ष गत वर्षको तुलनामा दोब्वरले वृद्धि भएको छ ।      उत्पादनस्थल आसपासका बजारमा काँचो अदुवा प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्ममा विक्री हुने गरेको छ । तराईका बजार क्षेत्रमा यतिबेला भने काँचो अदुवाको मूल्यप्रति किलो २०० रुपैयाँभन्दा बढी पुगेको छ ।  जैविक अदुवा जर्मनी निर्यात हुँदै  सो क्षेत्रमा उत्पादन हुने जैविक(अर्गानिक) अदुवा प्रशोधन गरेर बनाइने सुठो (चना) जर्मनी निर्यात हुने गरेको छ । चुरे गाउँपालिकाको सहजपुरमा सञ्चालित अदुवा प्रशोधन केन्द्रले किसानबाट खरीद गरेर अर्गानिक अदुवाबाट सुठो तयार पार्ने गरेको छ । प्रशोधन केन्द्रका कर्मचारी गेहेन्द्र खडायतले यो क्षेत्रवाट वार्षिक करीब २० टन अदुवा प्रशोधनका लागि खरीद गरिने बताए ।    उनका अनुसार सुर्खेतको छिन्चुमा रहेको मुख्य प्रशोधन केन्द्रमा अदुवा प्रशोधन गरेर कलकत्ताको बाटो हुँदै पानी जहाँजमार्फत जर्मनी निर्यात हुन्छ ।  कैलालीको चुरे र योसँग सीमा जोडिएको डोटीको बर्छेन, घाँगल, निरौलीलगायत क्षेत्र अदुवा उत्पादनका मुख्य क्षेत्र हुन् । यो क्षेत्रमा वार्षिक १५ हजार क्विन्टलभन्दा बढी परिमाणको अदुवा उत्पादन हुने गरेको अनुमान कृषकको छ । रासस

सम्बन्धित सामग्री

अदुवा किन्न बारीमा व्यापारी

लामो समयदेखि व्यावसायिक रूपमा अदुवा खेती गर्दै आएका बडीकेदार गाउँपालिका–३ का उपेन्द्र मल्लले उत्पादन गरेको ६० क्विन्टल अदुवा खरिद गर्न झापादेखि एक जना व्यापारी उहाँको बारीमा नै पुग्ने गरेको पाइएको छ । सडक यातायातको सहज पहुँच र वार्षिक रूपमा अदुवाको उत्पादन वृद्धिसँगै कृषक मल्ल जस्तै व्यावसायिक रूपमा अदुवा खेती गर्दै आउनुएका किसानको खेतबारीबाटै व्यापारीले अदुवा खरिद गरेर लैजाने गरेका छन् ।

चालिस करोडको अदुवा उत्पादन

अदुवाको मूल्यवृद्धि भएपछि नवलपरासीमा व्यावसायिक रूपमा अदुवा खेती गर्ने किसान खुसी भएका छन्। बुलिङटारका अदुवा कृषक रूपबहादुर थापामगरले यो जिल्लाबाट गत वर्ष ३० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री भएकामा यो वर्ष उत्पादन राम्रो भएकाले ४० करोड रुपियाँभन्दा बढीको अदुवा बिक्री गर्ने बताउनुभयो । पहाडी गाउँपालिका बुलिङटार र बौदीकाली व्यावसायिक रूपमा अदुवा खेती गर्ने पालिकाका रूपमा रहेका छन् । गैँडाकोट, देवचुली, कावासोती, मध्यबिन्दु, हुप्सेकोट र विनयीत्रिवेणीका धेरै जसो वडामा व्यावसायिक रूपमा अदुवा खेती गर्ने गरिएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ ।

अदुवाखेतीतर्फ किसानको आकर्षण बढ्दै

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का किसान अदुवाखेतीतर्फ आकर्षित हुँदै गएका छन् । जिल्लामा अदुवा उत्पादन राम्रो हुने र बजारीकरणमा कुनै समस्या नभएकाले अदुवा खेतीतर्फ किसानको आकर्षण बढेको कृषि ज्ञान केन्द्रले बताएको छ । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी एवं बागवानी विकास अधिकृत शंकर पौडेलले पछिल्लो समय अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा समेत वृद्धि हुँदै गएको बताए । आर्थिक वर्ष २०७६/७७ मा जिल्लाको ८७० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा आठ हजार ९९० मेट्रिक टन उत्पादन भएको पौडेलले बताए । त्यस्तै आव २०७७/७८ मा ९०० हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिँदा ९ हजार ८०० मेट्रिक टन उत्पादन भएको उनको भनाइ छ ।      चालू आव २०७८/७९ मा जिल्लाको ९५० हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएकोमा ९ हजार ९५० मेट्रिक टन  मात्रै उत्पादन भएको छ । अदुवाखेतीको विस्तार भए पनि उत्पादकत्व भने खासै बढ्न नसकेको सूचना अधिकारी पौडेलले बताए । जिल्लामा पछिल्ला तीन वर्षको अवधिमा अदुवाको उत्पादकत्व प्रतिहेक्टर १० दशमलव ३७ मेट्रिक टनदेखि १० दशमलव ८९ मेट्रिक टन मात्र रहेको पौडेलको भनाइ छ । जिल्लामा उत्पादन भएको ताजा अदुवा स्थानीय बजारसँगै काठमाडौं, पोखरा, नाराणगढ, बुटवलसहितका बजारमा विक्री हुने गरेको उल्लेख गर्दै सूचना अधिकारी पौडेलले बढी भएको अदुवाको सुठो बनाएर विक्री गर्ने गरिएको जानकारी दिए । अन्य खेती नहुने खाली जमिनमा पनि अदुवाको उत्पादन हुने भएकाले कृषक अदुवाखेतीमा आकर्षित भएका पौडेलले बताए । जिल्लाको पहाडी क्षेत्रमा अदुवाखेती राम्रो हुने गरेको छ । रासस

अदुवा बिक्री नहुँदा किसान निराश

मकै र कोदो छाडेर अदुवा खेती गर्दैआएका यहाँका कृषक बिक्री गर्न बजार नपाएपछि चिन्तित बनेका छन्। उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा मारमा परेका छन् । लेकफाँट, शालिजा, बाँसखर्क, क्याङ क्षेत्रमा उत्पादन भएको अदुवालाई बजारको समस्या भएको हो। खाद्यबाली र तरकारीको विकल्पमा अदुवा लगाएका कृषक पुर्पुरोमा हात थमाउन बाध्य छन्। अदुवाले बजारका साथै…

अदुवा बिक्री नभएपछि कृषक निराश

असार २२ । मकै र कोदो छाडेर अदुवा खेती गर्न थालेका पर्वतका कृषक उत्पादनले बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका...

अदुवा बिक्री नभएपछि कृषक निराश - Karobar National Economic Daily

पर्वत: मकै र कोदो छाडेर अदुवा खेती गर्न थालेका पर्वतका कृषक उत्पादनले बजार नपाएपछि चिन्तित बनेका छन् । उत्तरी पर्वतको जलजला गाउँपालिकाका कृषक अदुवा बिक्री नहुँदा निराश भएका हुन् । …