व्यावसायिक अदुवा खेतीमा महिलाहरू

चौतारा – गरे के हुँदैन । यसको गतिलो उदाहरण बनेका छन्, इन्द्रावती गाउँपालिकाको गोसाइँकुण्ड सामुदायिक महिला केन्द्रका सदस्यहरू । उनीहरूले गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा व्यावसायिकरूपमा अदुवा खेती गर्न थालेपछि आम्दानी बढ्न थालेको छ । इन्द्रावती गाउँपालिकाको नवलपुर, पाडामरूवा, नयाँबस्ती, कुञ्चोक, बाँडेगाउँ र भोटसिपाका किसानले अदुवा खेतीलाई नगदेबालीका रूपमा विकास गर्दै लगेका छन् । […]