रुकुम पश्चिम – रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा उत्पादन भएको अदुवाले राम्रो बजार पाएको छ । सरकारले अदुवा ब्लक कार्यक्रम सञ्चालन गरेर अदुवा उत्पादनमा जोड दिएपछि यहाँको उत्पादनले बजार पाएको हो ।
त्रिवेणी गाउँपालिका ४ पोखरी गाउँका शेरबहादुर खड्काले अदुवा खरिद गर्न व्यापारी बारीमै आउने गरेको बताउनुभयो । व्यापारीले अदुवाको माग धेरै गरेपछि अदुवा खन्ने, केलाउने र सुकाउने काममा व्यस्त भएको उहाँले जनाउनुभयो ।
मकै खेती छोडेर अदुवा खेती गर्न थाल्नुभएका उहाँले बारीमा २० क्विन्टल अदुवाको बिउ लगा...