राप्रपा नेपालले सूर्य चिन्हमा चुनाव लडे आयोगले एमाले उम्मेदवारको रुपमा रेकर्ड राख्ने

वर्ष २०७८ को अन्तिम दिन प्रमुख प्रतिपक्षी दल एमाले र कमल थापाको पार्टी राप्रपा नेपालले चुनावी तालमेलको ५ बुँदे सहमति गरे । आगामी वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि संसदको सबैभन्दा ठूलो दल र भर्खरै पुनर्गठन भएको पार्टीबीच चुनावी तालमेल भएको हो ।  दुई दलको सहमति अनुसार देशभर तालमेल सम्भव भएका पालिकाहरुमा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएको पालिकामा एक अर्कालाई सघाउने, राप्रपा नेपालका उम्मेदवारहरुले सूर्य चिन्ह लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्ने  र निजहरु निर्व

सम्बन्धित सामग्री

सुर्य चिह्नमा मतदान गर्न राप्रपा नेपाल मकवानपुरको आग्रह

राप्रपा नेपाल मकवानपुरका जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटाले एक प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रीय स्तरमा एमाले र राप्रपा नेपालबीच भएको सहमति अनुसार एमालेको सूर्य चिन्हमा मतदान गर्न सबैलाई आग्रह गरिएको छ ।

सूर्य चिन्हबाट लड्ने जति सबैलाई एमाले भनेरै चिन्छौँ : आयोग

काठमाडौं : राप्रपा नेपाल र परिवार दलका नेताहरू पनि एमालेकै उम्मेदवार हुने भएको छन्। एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने सहमतिसहित एमालेसँग तालमेल गरेपछि एमालेकै उम्मेदवार हुने निर्वाचन आयोगले जनाएको छ। आयोगको बिहीबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘चिन्हको कुरा सम्बन्धित पार्टीले हस्ताक्षर गरेर दिएपछि उम्मेदवार हुने हो। कुन व्यक्ति कुन दलसँग सम्बन्धित छ भन्ने आयोगलाई जानकारी हुँदैन। आयोगलाई सम्बन्धित दलले टिकट दिएपछि लड्न पाउँछ।

नेता रावलको प्रश्न : सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरू दलका नेताहरूलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्। उनले सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो ? भन्दै प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य […]

नेतृत्वलाई भीम रावलको प्रश्न : सूर्य चिन्ह बिक्रीका लागि हो?

काठमाडौं : राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले असन्तुष्टि जनाएका छन्। नेता रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्न दिन नहुने जिकिर गरेका छन्। नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे के सूर्य चिन्ह बिक्री हुने व्यावसायिक चिन्ह हो र यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो

भीम रावलले सोधेः सूर्य बिक्री हुने चिन्ह हो र?

काठमाडौँ – कमल थापा नेतृत्वको राप्रपा नेपालले एमालेको ‘सूर्य’ चिन्ह लिएर स्थानीय तहको चुनावमा प्रतिस्पर्धा गर्ने सहमतिप्रति भीम रावलले आपत्ति जनाएका छन्। एमालेको सल्लाहकार रहेका रोवलले बुधबार एमाले र राप्रपाबीच भएको पाँच बुँदे सहमतिप्रति आपत्ति जनाउँदै सूर्य चिन्हलाई बेचेको आरोप लगाएका छन्। बुधबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र थापाको उपस्थितिमा दुई दलबीच सूर्य चिन्ह […]

भीम रावलको प्रश्न : सूर्य चिह्न बिक्री भएको हो ?

नेकपा एमालेका नेता भीम रावलले सूर्य चिह्न बिक्री हुने व्यवसायिक चिह्न हो भन्दै नेतृत्वसमक्ष प्रश्न गरेका छन् । एमालेले बुधबार राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा चुनाव लड्न दिने तर निर्वाचित व्यक्ति पुरानै हैसियतमा रहनेगरी सहमति गरेकोमा रावलले आपत्ति जनाएका हुन् । नेता रावलले ‘विपरित सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे ! के सूर्य चिन्ह बिक्री हुने व्यवसायिक चिन्ह हो र ?’, भन्दै प्रश्न गरेका हुन् । बिहीबार सा

एमाले र राप्रपा नेपालबीच पालिका चुनावमा तालमेल गर्ने सहमति, ५ बुँदामा हस्ताक्षर

काठमाण्डाै – नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच पालिकाको चुनावमा तालमेल गर्ने सहमति भएको छ । दुवै दलका नेताहरूबीच आज बुधवार भएको छलफलपछि पाचँ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो । सहमतिमा सम्भव भएसम्मका पालिकामा तालमेल गर्ने, राप्रपा नेपालका उम्मेदवारहरूले सूर्य चिह्न लिएर चुनावमा प्रतिस्पर्धा गर्ने र निर्वाचित भएपछि उनीहरू राप्रपा नेपालमै आबद्ध रहने लगायतका सहमति भएको छ । त्यस्तै राप्रपा नेपालले उम्मेदवार नदिएका ठाउँमा एमालेका उम्मेदवारलाई सघाउने सहमति भएको छ । एमाले स्थानीय विकास विभा...

एमाले र राप्रपा नेपालबीच पाँच बुँदे सहमति

सहमतिअनुसार देशभरी तालमेल सम्भव भएका पालिकामा आपसी तालमेल गरेर उम्मेदवार उठाउने, आफ्नो उम्मेदवार नभएका स्थानमा दुवै दलले एकअर्कालाई सहयोग गर्ने, राप्रपा नेपालले सूर्य चिन्हबाटै चुनाव लड्ने भएको छ ।

एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने

नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।