एमाले र राप्रपा नेपालबीच गठबन्धन, सूर्य चिह्नबाट प्रतिस्पर्धा गर्ने

नेकपा एमाले र कमल थापा नेतृत्वको राप्रपा नेपालबीच चुनावी गठबन्धन भएको छ । चुनावी गठबन्धनका लागि भएको सहमति अनुसार अब एमाले र राप्रपा नेपालबीच तालमेल गर्दै राप्रपा नेपालका उम्मेदवारले पनि सूर्य चिह्न लिएर निर्वाचनमा प्रतिस्पर्धा गर्नेछन् ।

सम्बन्धित सामग्री

राप्रपासँग मिल्दा सहरी जनमत बढ्ने एमालेको आश

२ वैशाख, काठमाडौं । २०७८ सालको अन्तिम ३० चैतमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालबीच पाँच बुँदे सहमति भयो-आसन्न ३० वैशाखको चुनावमा तालमेल गर्ने र राप्रपाका उम्मेदवारहरु समेत सूर्यबाट चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने । एक्लै चुनाव लड्ने बताउँदै आएको एमाले मतदानको मिति नजिकिएसँगै राप्रपा नेपाल लगायतका साना दलहरुसँग तालमेल गर्न पुगेको छ । […]

कांग्रेस र एमाले राजतन्त्र छाडेरै गणतन्त्रवादी भएका हुन् : कमल थापा

पाँचदलीय सत्ता गठबन्धनले देशभर नै तालमेल गर्ने निर्णय गरेसँगै दबाबमा रहेको एमाले राप्रपा नेपाल र परिवार दललाई साथमा लिएर स्थानीय तह चुनावमा उत्रने भएको छ । बुधबार भएको सम्झौताअनुसार कमल थापा नेतृत्वको राप्रपा नेपाल र एकनाथ ढकालको परिवार दलका उम्मेदवार एमालेको चुनावचिह्न सूर्यबाट प्रतिस्पर्धा गर्नेछन् ।