काठमाडौं : राप्रपा नेपाल र परिवार दललाई सूर्य चिन्हबाट चुनाव लड्न दिने एमाले नेतृत्वको निर्णयप्रति भीम रावलले असन्तुष्टि जनाएका छन्। नेता रावलले विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्न दिन नहुने जिकिर गरेका छन्। नेता रावलले ट्वीटरमा लेखेका छन्, ‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे के सूर्य चिन्ह बिक्री हुने व्यावसायिक चिन्ह हो र यसलाई ठूलो ठेकेदारले ठेक्का लिएर सानो