मकवानपुरमा नेकपा एमाले र राप्रपा नेपालबीच चुनावी तालमेलका विषयमा छलफल सुरु भएको छ । आसन्न स्थानीय तहको निर्वाचनमा एमालेसँग गठबन्धन गरेर राप्रपाले सूर्य चिह्नबाट चुनाव लड्ने केन्द्रिय सहमति अनुसार बिहीबारदेखि जिल्ला तहमा छलफल सुरु गरेको हो ।बिहीबार हेटौंडा–५ स्थित एमाले मकवानपुरको कार्यालयमा दुई पार्टी प्रतिनिधिबीच संयुक्त बैठक बसि छलफल गरेको हो । बैठकमा जिल्लामा गठबन्धनलाई बलियो र परिणाममुखी बनाउने विषयमा छलफल भएको थियो ।बैठकमा निर्वाचनलाई सौहार्दपूर्ण बनाउन सबै तहमा अत्यन्तै सकारात्मक रुप