काठमाडौं : राप्रपा नेपाल र परिवार दलका नेताहरू पनि एमालेकै उम्मेदवार हुने भएको छन्। एमालेले राप्रपा नेपाल र परिवार दललाई सूर्य चिह्नमा लड्न पाउने सहमतिसहित एमालेसँग तालमेल गरेपछि एमालेकै उम्मेदवार हुने निर्वाचन आयोगले जनाएको छ। आयोगको बिहीबार भएको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम पौडेलले भने, ‘चिन्हको कुरा सम्बन्धित पार्टीले हस्ताक्षर गरेर दिएपछि उम्मेदवार हुने हो। कुन व्यक्ति कुन दलसँग सम्बन्धित छ भन्ने आयोगलाई जानकारी हुँदैन। आयोगलाई सम्बन्धित दलले टिकट दिएपछि लड्न पाउँछ।