नेता रावलको प्रश्न : सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो?

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले सूर्य चिन्हबाट अरू दलका नेताहरूलाई पनि उठ्न सक्ने सहमति गरेपछि आपत्ति जनाएका छन्। उनले सूर्य बिक्री हुने व्यावसायिक चिन्ह हो ? भन्दै प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘विपरीत सिद्धान्त भएका राप्रपा र परिवार दलका उम्मेदवारले एमालेको सूर्य चिन्हमा लड्ने तर एमाले हुनु नपर्ने रे! के सूर्य […]

सम्बन्धित सामग्री

घनश्यामले पाए त्रिभुज चिन्ह

काठमाडौं : रुपन्देही क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारी दिएका घनश्याम भूसालले त्रिभुज चिन्ह पाएका छन्। मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार उम्मेदवारलाई चुनाव चिन्ह वितरणका क्रममा भूसाललाई त्रिभुज दिएको हो। भूसालले चुनाव चिन्ह पाएपछि आफ्नो फेसबुक पेजमा ‘त्रिभूज’ राख्दै भोट मागेका छन्। उनले त्रिभुजको तीन कुनालाई लोकतन्त्र, सामाजिक न्याय र जनमुखी विकासको संज्ञा दिएका छन्। टिकट नपाएपछि नेकपा एमाले परित्याग गरेको घोषणा गरेर भूसालले स्वतन्त्र उम्मेदवारी दर्ता गरा

उम्मेदवारलाई यसरी प्रदान गरिँदै छ, चुनाव चिन्ह

काठमाण्डौ – निर्वाचन आयोगले आज उम्मेदवारलाई चुनाव चिन्ह दिँदैछ । उम्मेदवारको अन्तिम नामावलीमा समावेश भएका हरेक उम्मेदवारलाई दलका लागि निर्धारण गरिएको चुनाव चिन्ह निर्वाचन अधिकृतले प्रदान गर्नेछन् । यस्तै, चुनाव चिन्ह प्रदान गरिसके पछि उम्मेदवारले दल त्याग गरेमा वा अर्को दलमा प्रवेश गरेमा प्रदान गरिएको चुनाव चिन्ह परिवर्तन हुने छैन ।  त्यस्तो उम्मेदवार निर्वाचित भएका सम्बन्धित दलले प्रमाणसहित आयोगमा उजुरी दिएमा उसको सदस्यता खारेज हुने आयोगले जनाएको छ । चुनाव चिन्ह प्रदान गर्नु अघि आयोगले आज उम्मेदवार...

ओली बोल्दा माइकमा समेत सूर्य चिन्ह

काठमाडौं, २५ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बोल्दा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । आज आयोजित पत्रकार सम्मेलनमा ओली बोलिरहँदा पृष्ठभूमीमा पनि ठूलो सूर्य चिन्ह छ । पत्रकार सम्मेलनमा माइकमा पनि सूर्य चिन्ह राखिएको छ । एमालेको चिन्ह प्रचारलाई पनि ओलीले पत्रकार सम्मेलनमार्फत् अवसर लिएका छन् ।

बालेन साहले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका बालेन साहले लौरो चुनाव चिन्ह पाएका छन् । शनिवार आयोगले स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह दिएको हो । साहको आधिकारिक चुनाव चिन्ह लौरो भएको छ । यसअघि सामाजिक सञ्जालमा उनको चुनाव चिन्ह खसीको टाउको भन्दै प्रचार गरिएपनि सो मिथ्या सूचना हो । चुनाव चिन्ह पाएसँगै साह लौरो चिन्ह लिएर चुनावी प्रचारमा निस्किएका छन् ।

उम्मेदवारले चुनाव चिन्ह पाए

काठमाडौं । निर्वाचन आयोगले आज शनिबार स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेको छ । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ११ र १२ गते उम्मेदवारी दिएका स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह वितरण गरिएको हो । उम्मेदवारीका आधारमा जिल्ला अनुसार निर्वाचन चिन्ह वितरण भएको हो । कुनै पनि दलमा नलागेका र पार्टीबाट टिकट नपाएपछि बागी […]

तीन एआईजीले लगाए दर्ज्यानी चिन्ह

काठमाडौँ । सरकारले नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेकै दिन तीनैजनाले दर्ज्यानी चिन्ह लगाएका छन् । वसन्त पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकले दर्ज्यानी चिन्ह लगाएका हुन् । सरकारले आज (बिहीबार) बिहान मात्र उनीहरूलाई एआईजीमा बढुवा गरेको हो । सम्बन्धित समाचार : मन्त्रिपरिषद् निर्णय : तीन डिआइजीको बढुवा गर्ने

राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’

राप्रपा नेपालले पार्टीको चुनाव चिन्ह तीर बनाएको छ । पार्टी अध्यक्ष कमल थापाले पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् ।उनले सामाजिक सञ्जालमार्फत पार्टीको चुनाव चिन्ह ‘तीर’ सार्वजनिक गरेका हुन् । चुनाव चिन्ह सार्वजनिक गर्दै अध्यक्ष थापाले लेखेका छन्, ‘राप्रपा नेपालको चुनाव चिन्ह ‘तीर’, सनातन संस्कृति एवं पौराणिक मान्यतामा ‘तीर’लाई शक्ति, बहादुरी र लगनशीलताको प्रतीक मानिन्छ । अहिले हामीलाई चाहिएको त्यहि हो । ‘तीर’म

३१ दलले पाएनन् चुनाव चिन्ह

काठमाडौं, १७ फागुन । विवेकशील साझासहित ३१ वटा दलले आगामी चुनावमा चुनाव चिन्ह नपाउने भएका छन् । बैशाख ३० गते हुने आगामी चुनावमा आफ्नो दलले चुनाव चिन्ह नपाउने भएपछि ३१ वटा साना दल आन्दोेलित भएका हुन् । स्थानीय तह निर्वाचन ऐन २०७३ अनुसार राष्ट्रिय मान्यता प्राप्त दलले मात्र आफ्नो चुनाव चिन्ह पाउने र अन्य दलले […]

एमालेको चुनाव चिन्ह सूर्य नरहने

काठमाडौं, १० माघ । नेकपा एमालेका सूर्य चिन्ह नरहने अवस्था बनेको छ । उसले उक्त चिन्ह पुनरावलाकेन गर्नुपर्ने अवस्था बनेको हो । निर्वाचन आयोगले यसको संकेत गरिसकेको छ । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई गाई चिन्ह हटाउन पत्र लेखिसकेको छ । २ माघमा लेखेको पत्रमा ‘नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रङ्ग […]

एसियन कंक्रिटोले पायो नेपाल गुणस्तर चिन्ह

एसियन कंक्रिटो नेपाल प्रालि नवलपरासीले नेपाल गुणस्तर चिन्ह प्राप्त गरेको छ। कंक्रिटजन्य निर्माण सामग्री उत्पादन गर्ने उद्योग मध्ये एसियन कंक्रिटो नेपाल गुणस्तर चिन्ह पाउने पहिलो उद्योग बनेको छ।...