काठमाडौं । काठमाडौंमा मनाइने इन्द्रजात्रा पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ ।
हनुमानढोकामा बुधबार बिहान ७ः१७ बजेको शुभसाइतमा इन्द्रजात्राको लिंगो ठड्याइएको छ । हनुमानढोकामा उक्त लिंगो ठड्याएपछि इन्द्रजात्रा विधिवत रूपमा सुरु हुने परम्परा छ ।
इन्द्रजात्रालाई नेपालभाषामा ‘यें यास्’ भनिन्छ । ‘यें’ भनेको कान्तिपुर नगर र ‘यास्’ भनेको मुख्य जात्रा हो...