मकवानपुर : बागमती प्रदेश सरकारले प्रदेशभित्रका विभिन्न ६ अस्पताललाई कोभिड–१९ संक्रमण रोकथाम र उपचारका लागि दुई करोड ५५ लाख रुर्पैयाँ उपलब्ध गराउने भएको छ। प्रदेश विपद् व्यवस्थापन निर्देशक समितिको निर्णयानुसार कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट सामाजिक विकास मन्त्रालयमार्फत उक्त रकम उपलब्ध गराउने भएको हो। निर्णयानुसार दोलखाको सिङ्गटी अस्पताललाई २० लाख, धुलिखेल अस्पताल मातहत नुवाकोटको लिखु गाउँपालिकामा सञ्चालित कोभिड अस्पताललाई २० लाख, नुवाकोटको सिटी कम्युनिटी अस्पताललाई