रुसले युक्रेनको रेल स्टेशनमा गरेको रकेट आक्रमणमा कम्तीमा २२ जनाको ज्यान गएको छ । रुसले युक्रेनमा आक्रमण सुरु गरेको ६ महिना पूरा भएको तथा स्वतन्त्रता दिवसको दिन हिजो घटना भएको हो ।
घटनामा केही घाइते भएका बीबीसीले जनाएको छ । पूर्वी सहर च्याप्लिनमा भएको आक्रमणका पाँच जनाको गाडीभित्रै जलेर ज्यान गएको छ । एक ११ वर्षका बालकले पनि ज्यान गुमाएका छन् ।
राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्र सङ्घ सुरक्षा परिषद्को बैठकमा आक्रमणबारे जानकारी दिनुभएको छ । उहाँले आक्रमणमा परि ५० जना घाइते भएको पनि बताउनुभएको छ ...